Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ठूला चाडपर्व र सवारी दुर्घटना

Published on 11:33:00 AM //

यज्ञमूर्ति तिमिल्सिना

मुख्य चाडपर्वहरू दशै र तिहार नजिकिदै गर्दा सवारी दुर्घटनाका समाचारहरू प्रत्येक दिन जसो आइरहन्छन्। पर्वका समयमा अत्याधिक यात्रुको चाप बढ्ने र त्यही अनुपातमा सवारी साधनको उपलव्धता नहुदा दुर्घटना बढ्ने गरेको अध्ययनले देखाउछ। 'ल पुलिस चौकी आयो, यहीबाट माथि क्याम्पस अगाडि गएर उभिनुस्।' काठमाण्डौ तम्घास चल्ने बसका कन्डक्टरले तानसेन बसपार्क नजिकैसम्म छत भरि भरिएर आएका यात्रुतिर इंकित गर्दै भने। छतका यात्रु सरासर झरे महिलाहरु पुन बसभित्रै छिरे पुरुषहरु चाँही सरासर उकालो लाग्छन्। यस्ता दृश्यहरु राजमार्ग आसपासमा दैनिकजसो देखिन्छन्। सवारी दुर्घटना न्यूनीकरणका लागि सरकारले बनाएको नियम स्वयम् सवारीसाधनहरुले नै उल्लंघन गर्दै आएका छन्। जसको निगरानी न टाफिक प्रहरीले गर्न सकेका छन् न यात्रु सवयम्ले नैं। 
ट्राफिक नियमअनुसार छतमा यात्रु राखेमा कम्तीमा २५ रुपैया“देखि २ सय रुपैया“सम्म दण्डजरिवाना गर्न पाउने व्यवस्था छ, तर सो दण्डजरिवाना तिर्न नियम उल्लंघन गर्नेहरुले कत्ति पनि हिच्किचाउदैनन्। दण्ड जरिवानाको रकम भएको कारण पनि ट्रापिक नियम नमान्नेहरुको संख्या बढेको हो। 
पाल्पा, गुल्मी, स्यांगजा, पर्वत, अर्घाखाँची लगायतका पहाडी जिल्ला सदरमुकाम जोड्ने सयौं व्यस्त ग्रामीण सडकहरुसर्वे नै नगरी खनिएका छन्, त्यसैले पनि दुर्घटनाका हिसावले पनि उच्च जोखिममा रहेका छन् तर यस क्षेत्रमा ट्राफिक प्रहरीको संख्या न्यून छ। ठूला चाडर्वहरु दशै तिहार नजिकिदै गर्दा सडकमा यात्रुको चाप बढेको छ, तर त्यही अनुपातमा सवारी साधन छैनन् तसर्थ यातायात व्यवसायीहरुले यात्रुको चाप अनुसार सवारी साधनको व्यवस्था गर्नुपर्छ। पर्वका समयमा हुने सवारी साधन लुटपाट, चोरी, उच्च भाडादर नियन्त्रणका लागि सम्वन्धित निकायले चासो देखाउनुपर्छ। 
दुर्घटना कम गर्न के गर्नुपर्छ? 
्चाडपर्वको समयमा यात्रुको चाप लामो तथा छोटो दुरीका सवारी साधनमा अत्याधिक रहन्छ। धेरै अटाईनअटाई उभिएरै भएपनि रातभर यात्रा गर्न बाध्य हुन्छन्। यस्तो समयमा सम्वन्धित व्यवसायी समितिहरुले यात्रुको उच्च चाप रहने क्षेत्रमा वैकल्पिक व्यस्था गर्नुपर्छ। जरिवानाबाट जोगिन नियम माने झै गरेर टाफिक चौक िनजिके यात्रु झार्ने केही मिनेट हिडाउने र चौकी कटेपछि पुनः छतभरी चढाउने जस्ता गैरकानुनी कार्य तुरुन्त बन्द गरिनुपर्छ। 
नियम मिच्ने यात्रुलाई के कारवाही गर्ने त? 
सधै यात्रा गर्ने यात्रुलाई छोडेर जान पनि नसक्ने र चढाउने पनि नमिल्ने अवस्थामा समेत सवारी साधनले यात्रा गराइरहेका हुन्छ्। यस्तो अवस्थामा गैरकानुनी तवरले यात्रा गर्ने यात्रुलाई समेत कारवाही गरिनुपर्छ अनि मात्र यात्रु समेत नियमको परिधिमा रहन्छन्। त्यस्तै मोटरसाइलकमा तीन जना चढेर हिडेको देखेमा चढाउनेलाई भन्दा पनि चढ्नेलाई पहिले कारवाही गरिनुपर्छ। यसबाट समस्याको केही हदसम्म न्यूनिकरण हुन सक्छ र दुर्घटना न्युनिरकणका लागि महत्वपूर्ण सहयोग पुग्न सक्छ। 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग