Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चोरीका मोटरसाईकल नियन्त्रणमा

Published on 5:10:00 PM //

घनश्याम गौतम
ट्राफिक प्रहरी गुल्मीले चोरी भएको आशंकामा दश मोटरसाईकल नियन्त्रणमा लिएको छ ।
सदरमुकामा चोरीका मोटरसाईकल चल्ने गरेको जानकारी आएपछि ट्राफिक प्रहरीले छड्के चेकिङ्ग तिब्र पारेको हो । सदरमुकाम तम्घास र आसपासबाट नक्कली नम्बर प्लेट राखेर संचालन गरिएका १० मोटरसाईकल नियन्त्रणमा लिइएको ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज डोरबहादुर थापाले बताए ।

नियन्त्रणमा लिएका मोटरसाईकलहरूको अनुसन्धान भईरहेको र थप कारबाहीका लागि भन्सार कार्यालय भैरहवा पठाईने थापाले जनाएका छन् । जिल्लाका ग्रामिण क्षेत्रमा सयौं चोरीका मोटरसाईकलहरू निर्वाध संचालनमा छन् । प्रहरीले यस अघि पनि १३ मोटरसाईकल नियन्त्रणमा लिएर लिलामीका लागि भैरहवा पठाएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग