Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दस महिनामा तीन शिक्षक

Published on 12:31:00 PM //

घनश्याम गौतम 

खेताला शिक्षक राख्दा गुल्मीको  एक विद्यालयमा दस महिनामा तीन शिक्षक फेरिएका छन् । बडागाउँ ३ स्थित बालउद्धार प्राविका स्थायी शिक्षक चिन्तामणि दर्लामीले विद्यालयमा नियमित अध्यापन नगराएपछि व्यवस्थापन समितिले खेताला शिक्षक राखेको हो । 

कम तलबमा राखिएका खेताला शिक्षकले छोड्दै हिंड्ने गरेपछि समस्या भएको हो । शिक्षक आउने जाने गर्दा बालबालिकाको पढाइसमेत प्रभावित भएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरबहादुर थापाका अनुसार उनले पाउने ११ हजार १ सय तलबमध्ये सुरुमा २ हजार २ सय ५० रुपैयाँमा स्थानीय पुष्पा बम्रेललाई राखिएको थियो । उनले ७ महिनामा छोडेर हिंडेपछि २ हजार ५ सय रुपैंयाँमा २ महिनासम्म रमेश बगालेले अध्यापन गराए । रमेशले पनि पैसा थोरै भएको भन्दै छोडेर हिंडेपछि अहिले धर्मबहादुर सर्तुङ्गे मगरलाई नियुक्त गरिएको छ । स्थायी शिक्षक दर्लामी भने बाँकी ८ हजार ६ सय तलब बुझ्दै घरमै बसेर खेतीपाती गर्ने गरेका छन् । दिनहुँ मदिरा सेवन गरेर विद्यालयमा जाने गरेको र नियन्त्रण गर्न नसकिएपछि खेताला शिक्षक राखेर उनलाई घरमै बस्न लगाइएको विद्यालय स्रोतले जनायो । व्यवस्थापन समिति अध्यक्ष नरबहादुरले भने दर्लामी नियमित नआएपछि घरमै बस्न दिइएको बताए । व्यवस्थापन समितिको सल्लाहमा अर्को शिक्षक राखिएको विद्यालयका स्रोत व्यक्ति बिनबहादुर गौतमले बताए । 'मैले माथिल्लो निकायमा समेत सोही अनुसार जानकारी गराइसकेको छु', गौतमले भने ।

विद्यालयका प्रधानाध्यापक रेमबहादुर थापा मगरले पटकपटक शिक्षक फेरिदा बालबालिकाको पढाइमा समेत समस्या भएको बताए । शिक्षक आएर पढाउन पनि नसक्ने र पूरै तलब दिएर अर्को शिक्षक राख्न पनि समस्या परेकोले अभिभावक, व्यवस्थापन समिति एवं स्रोत व्यक्ति सबैलाई बालबालिका प्रभावित भएको बारे जानकारी दिएको प्रधानाध्यापक थापाले बताए । शिक्षा अधिकारी चन्द्रकान्त भुसालले भने खेतालाका रूपमा शिक्षक राखिएको पाएमा नियमानुसार कारबाही गरिने बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग