Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

स्वास्थ्यचौकी स्तरोन्नतीका लागि महायज्ञ

Published on 3:09:00 PM //

पन्दित दिन्बन्धु पोख्रेलले प्रवचन दिने 

घनश्याम गौतम
उपस्वास्थ्य चौकीको भवन निर्माणका लागि सरकारले सहयोग नगरेपछि गाउँलेहरुले महायज्ञ संचालन गरेर भवन निर्माण गर्ने भएका छन् ।

चन्दा सहयोगका लागि गाउँलेहरुले सहयोगको अपिल समेत गरेका छन् । महायज्ञबाट चन्दा सहयोग संकलन गरेरै उपस्वास्थ्य चौकीको स्तर बृद्धि गरी १५ बेडको अस्पताल निर्माण तयारीमा समेत गाउँलेहरु जुटेका हुन् । दरबारदेविस्थान सहित अमरअर्वाथोक, गौडाकोट, सिमिचौर, दुविचौर लगायत गाविसका बासिन्दाहरुले स्वास्थ्य चौकी निर्माणका लागि कार्तिक २४ गते देखि महायज्ञ संचालन गर्ने निर्णय गरेका हुन् । बुधवार तम्घासमा आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजकहरुले चन्दा सहयोगका लागि सबैसंग अपिल गरे । ‘महायज्ञ स्वास्थ्य चौकीको मर्मत र स्तरोन्तीका लागि हो’, महायज्ञमा आयोजक समितिका अध्यक्ष जितबहादुर थापाले भने, ‘बिपन्न र उपचारका लागि बुटवल, काठमाण्डौ जान नसक्नेहरुको नाममा जति सक्यो त्यति सहयोग गर्नुहोला ।’ प्रचारप्रसारका लागि आयोजकले संचारकर्मीहरुसंग समेत आग्रह गरे ।

महायज्ञमा पण्डित दीनबन्धु पोखरेलले प्रबचन गर्नेछन् । सात वर्ष देखि उपस्वास्थ्य चौकीको मर्मतका लागि जिल्ला र केन्द्रसंग आग्रह गरेपनि सुनुवाई नभएपछि गाउँलेहरु अस्पतालको मर्मत सुधारका लागि आफै जुटेको दरबार देविस्थान उपस्वास्थ्य चौकी इन्चार्ज नारायण अर्यालले बताए । सरकारले गत वर्ष जिल्लाका ९ उपस्वास्थ्य चौकीहरुको स्तरबृद्धि गरी भवन निर्माण गरी रहेको छ । तर आधा दर्जन गाविसका सर्वसाधरणले सेवा लिने गरेको स्वास्थ्य चौकी जिर्ण बनेकोले गाउँलेहरुले रकम संकलन गरेरै भएपनि भवन निर्माण एवं मर्मतमा जुटेका पनि अर्यालले बताए । महायज्ञबाट संकलित रकमले उपस्वास्थ्य चौकीमै सुरक्षित प्रसुती सेवा, प्रयोगशाला, प्रजनन् स्वास्थ्य सेवा, जेष्ठ, अपाङ्घ र अति विपन्नलाई नि:शुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने योजना रहेको अध्यक्ष थापाले बताए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग