Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जण्डिसले एकको मृत्यु

Published on 8:05:00 PM //

घनश्याम गौतम 
जण्डिस रोगबाट थलिएर इश्मादोहोली गाविस-२ की २२ वर्षिया रुपा घर्तीको बुधवार मृत्यु भएको छ ।
 १२ दिन देखि जण्डिसबाट बिरामी परेकी घर्तीको गाउँमा उपचार हुन नसकेपछि थप उपचारका लागि बुधवार जिल्ला अस्पताल तम्घासमा ल्याईएको थियो । उनको उपचारकै क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको अस्पतालका प्रमुख डाक्टर भेषराज पोखरेलले बताए । धेरै दिनदेखि थला परेकी घर्तीको लिभरले काम गर्न छाडिसकेका कारण बचाउन नसकिएको पोखरेलले बताए । यस अघि जिल्लामा ज्वरोले चार जनाको मृत्यु भएको थियो ।  

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग