Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिप दुर्घटना सात जना घाइते

Published on 7:45:00 PM //

गुल्मी जिल्ला सदरमुकाम तम्घासबाट अर्खावा गाविसतर्फ जाँदै गरेको लु१ज १२९८ नम्बरको यात्रुवाहक जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन्।

जिप गएराति गुल्मीको अमरपुर गाविसमा दुर्घटना भएको हो। राससका अनुसार घाइते हुनेहरुमा गुल्मी क्षेत्र नम्बर ३ का सभासद् चन्द्रबहादुर थापा सागरकी पत्‍नी कल्पना थापा, छोरा हिमाललगायत सातजना रहेका छन्।घाइतेहरु कल्पना थापा, हरिमाया विश्वकर्मा र चालक उत्तम पन्थीको जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहेको छ भने अन्य सामान्य उपचारपछि घर फर्केका छन्।सभासद् पत्नी थापालाई भने थप उपचारका लागि काठमाडौँ लगिएको छ। पानी परेको र सडक कच्ची भएका कारण उकालोमा ब्रेक फेल भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ। घाइतेहरुको टाउको र शरीरका अन्य भागमा चोट लागेको छ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग