Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

करोडौं मुल्यको डोजर छ वर्ष देखि अलपत्र

Published on 6:01:00 PM //

शिबलाल सुबेदी
कहाँबाट ल्याईएको र कस्को नाममा छ भन्नेसम्म पनि जानकारी नहुँदा करोडौं मुल्य पर्ने डोजर गुल्मीको सदरमुकाम तम्घासमा ६ वर्ष देखि अलपत्र परेको छ ।
डोजर अलपत्र परेपनि  गाउँ गाउँमा मोटरबाटो पुरुयाउन कस्सिएका मोटरबाटो उपभोक्ता समितिहरु भने महँगो मुल्यमा बाहिरबाट डोजर ल्याएर प्रयोग गर्न बाध्य भएका छन् ।

जिल्लाको विकास निर्माणको लागि जि..िव.स.ले प्रयोग गर्ने गरी २०५३रुतिर ल्याइएको निकै महँगो जापानी कोमान्सु कम्पनीको चेन सहितको उक्त डोजर २०५७ सालदेखि विग्रेपछि अलपत्र परेकोे छ । जिल्लाको सडक विकासका लागि तत्कालिन सांसद रुद्रमणी भण्डारीले उक्त डोजर तत्कालीन भौतिक योजना मन्त्री खुमबहादुर खड्काको आदेशमा जनकपुर पुगेर ल्याएको भन्ने बुझिएको छ । मन्त्रीको आदेशमा जनकपुरबाट विना कागजात जिल्लामा ल्याएकाले विवरण अभावमा डोजर अलपत्र परेको हो ।

जापानको कोमान्सु कम्पनीको उक्त डोजर निकै महँगो भएको र अहिलेपनि त्यसको मुल्य एक करोड भन्दा बढी पर्ने डोजर चालकहरुको भनाई छ । यसरी बर्षौ देखि सार्वजनिक स्थलमा बेबारिसे बनेपछि डोजरका महत्वपूर्ण सबै सामानहरु हराई सकेका छन्  भने दुवै चेन काम नलाग्ने भएका छन् । मर्मतका लागि दुई चेनको मात्र ८रुलाख भन्दा बढी पर्ने प्राविधिकहरुको भनाई रहेको छ । कस्को हो भन्ने पत्ता लगाउन नसकेकाले सो बेबारिसे अवस्थामा रहेको डोजरको कस्ले नै मर्मत गर्ने र ?

सडक निर्माणको लागि विभिन्न गाविसमा अहिले दुई तिन वटा डोजर  महँगोमा  बाहिरबाट ल्याएर बाटो खन्नेकाम भैरहेको छ । बाटो उपभोक्ता समितिहरुले बाहिरबाट भाडामा ल्याएका ति डोजरहरुले अहिले प्रति घण्टा पाच हजार भन्दा बढीमा  काम गर्ने गरेका छन् । जिविसमा डोजर अभावका कारण मासिक १०रुलाख रकम बाहिरबाट आएका डोजरहरुले लैजाने गरेको मोटरबाटो उपभोक्ता समितिहरुको गुनासो रहेको छ । जिविसको डोजर अभावमा बाहिरबाट ल्याएको डोजरलाई प्रति घण्टा ५ हजार भन्दा बढी तिरेर मोटरबाटो निमार्ण गर्ने गरेको बुझिएको छ भने बाहिरबाट आएका डोजरहरुले अत्याधिक भाडा लिने गरेको समेत बाटो उपभोक्ता समितिहरुको गुनासो रहेको छ । जिल्लामा अहिले गाउँरुगाउँमा डोजर प्रयोग गरेर जनताले आपैm मोटरबाटोहरु निर्माण गरिरहेका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग