Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुणस्तर सुधारका लागि अनुगमन र निरिक्षण गरिने

Published on 11:05:00 PM //

घनश्याम गौतम
जिल्लाका विद्यालयहरुमा शिक्षकहरुले नियमित अध्यापन नगराउने गरेको गुनासो बढेपछि अनुगमन शुरु गरिने भएको छ ।

सरकारी कार्यालयहरुमा प्रमुख जिल्ला अधिकारीले छड्नके अनुगमन गर्ने गरेपनि विद्यालयहरुमा जिशिअ र विद्यालय निरिक्षकहरुले बाहेक अनुगनम गर्ने गरिदैन् । गत वर्षको एस.एल.सी.परिक्षा व्यवस्था निकै कडा भएपछि अभिभावकहरुले परिक्षा कडा गर्दा शिक्षकहरुले गराउने अध्यापन र उनीहरुको विद्यालयमा नियमित उपस्थितिको समेत अनुगमन र निरिक्षण गर्न माग गर्दै आएका थिए ।

गत वर्ष शिक्षा कार्यालयले एसएलसी शुरु हुनु भन्दा ६ महिना अघि देखि नै परिक्षा प्रणाली कडा गरिने जानकारी दिएको थियो । जानकारीसंगै परिक्षामा शिक्षकहरुका पेशागत संगठनहरु, शिक्षक युनियन, अभिभावक, परिक्षा समिति परिचालन गरेर परिक्षा प्रणाली कडा बनाएको थियो । परिक्षा कडा पारेपछि शिक्षकहरुले नियमित अध्यापन नगराउने तर परिक्षा मात्र कडा पार्दा विद्यार्थीमा असर परेको भन्दै अभिभावक असन्तुष्ट बनेका थिए । द्वन्द्वका बेला सदरमुकाम केन्द्रित एस.एल.सी. परिक्षा केन्द्रहरु शान्ति स्थापनासंगै गाउँ केन्द्रित भएपछि परिक्षा प्रणाली फितलो भएकै कारण जिल्लाको उत्तिर्ण प्रतिशत बढेको थियो । जिल्ला शिक्षा कार्यालयका अनुसार २०६२ पछिका एलएलसी परिक्षाका केन्द्रहरु गाउँमै परिक्षा सारिएको थियो ।
कार्यालयका तथ्याङ्क शाखाका चर्तुभुज पन्थीका अनुसार २०६२ सालमा एसएलसी उत्तिर्ण प्रतिशत ४० दशमलब ८ थियो । पछिल्ला तिन वर्षमा प्रतिशत बढेर २०६३ मा ८५ दशमलब ०४ प्रतिशत, २०६४ मा ८६ दशमलब ३१ प्रतिशत र २०६५मा ७० दशमलब ७५ पुगेको थियो । तर गत वर्ष परिक्षा प्रणाली कडा हुँदा उत्तिर्ण प्रतिशत एक्कासी २१ दशमलब ४३ प्रतिशतमा झरेपछि अभिभावकहरुले विद्यालयमा शिक्षकहरुको पढाउने शैली, शिक्षकको नियमित उपस्थिति लगायतको समेत अनुगमन र निरिक्षण गर्न माग गर्दै आएका थिए । ‘परिक्षा कडा गरेर मात्र हुँदैन’, जयखानी–४ का माधव थापाले भने, शिक्षकले पढाउनु पर्छ र विद्यार्थीले पढ्नुपर्छ भन्ने मान्यता पहिला बसाल्नु पर्छ ।’ पछिल्ला वर्षहरुमा शिक्षकमा चिट चोराउने र विद्यार्थी चोर्न पाइन्छ भन्ने मान्यतामा रहेकोले प्रतिशत बढ्दै गएको उनले बताए । बुधवार प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालको अध्यक्षतामा बसेको कार्यालय प्रमुखहरुको बैठकले जिल्लाका सबै विद्यालयमा शिक्षकहरुको निरिक्षण गरी शिक्षा क्षेत्रको गुणस्तर सुधारमा लाग्ने निणर्य गरिएको हो । ‘शिक्षकहरुले नियमित नपढाई राजनीति र घरको काम गर्ने भन्ने जनगुनासो बढी आयो ’, प्रजिअ अर्यालले भने, ‘त्यसैले अब नियमित अनुगमन गर्ने र गुणस्तर सुधार गर्ने निर्णय भयो ।’ साथै बैठकले जिल्लाको शिक्षाको गुणस्तर सुधारका लागि कमि कमजोरी औंल्याएर सुधारमा सहयोग पुर्‍याउन संचारकर्मीलाई समेत आग्रह गरिएको बताए ।

जिल्ला शिक्षा अधिकारी चन्द्रकान्त भुसालले एसएलसी परिक्षा गत वर्ष भन्दा अझै व्यवस्थित र मर्यादित बनाउन यस वर्ष शैक्षिक सत्रको शुरुवात देखि नै छलफल र अनुगमन तिब्र पारिएको बताए । कार्यालयले एसएलसी परिक्षा संचालनका विषयमा विद्यालयका प्रधानाध्यापकहरुसंग तम्घासमा एक महिना अघि छलफल गरेको थियो । त्यस्तै विहिवार दिगाम गाविसको श्रृङ्गामा शैक्षिक गुणस्तर केन्द्रको आयोजनामा गुणस्तर सुधारका बारेमा छलफल गरेको छ । छलफलका क्रममा समेत अभिभावकहरुले शिक्षकहरुको अध्यापन गराउने शैली, पाठ्यक्रममा सुधार र व्यवस्थित परिक्षा प्रणालीका लागि सुझाव दिएका छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग