Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तम्घासमै कर संकलन

Published on 11:23:00 AM //

आन्तरिक राजश्व कार्यायल बुटवलबाट आएको टोलीले दुई दिनमा तम्घासबाट ४ लाख राजश्व संकलन गरेको छ ।उद्योग वाणिज्य संघको पहलमा टोलीले तम्घासमै आएर आय व्यय विवरण संकलन एवं राजश्व संकलन गरेको हो । साना व्यवसायीहरू १ हजार २ सय ५० राजश्व बुझाउँन २ हजार पाँच सय खर्च गरेर बुटवल पुग्नु पर्ने बाध्यता भएपछि संघले जिल्लामै टोली झिकाएर कर संकलनको व्यवस्था मिलाएको संघका महासचिव कृष्णप्रसाद पोखरेलले बताए ।
कर कार्यालयका अधिकृत हरी बस्यालको नेतृत्वमा खटिएको टोलीले बुधवार र विहिवार दुई दिनमा ३ सय जना भन्दा बढी साना व्यवसायीहरूबाट कर संकलन गरेको थियो । जिल्लामा गत वर्षो तुलनामा यस वर्षकर तिर्ने साना व्यवसायी र राजश्व समेत बढेको पोखरेलले बताए । गत वर्षटोलीले १ लाख ५० हजार मात्र राजश्व संकलन गरेको थियो ।
साना व्यवसायीहरूले इमान्दारीपुर्वक राजश्व तिर्ने भएपनि जाने आउने खर्च र झन्झटिलो अवस्थाका कारण अधिकांशले कर नबुझाई त्यसै बस्ने गरेका थिए । टोलीबाट समेत निश्चित समय तोकेर कर संकलन गर्ने गरिएकोले आगामी वर्षदेखि इन्टरनेट मार्फत विवरण संकलन र कर भुक्तानीको व्यवस्था मिलाउन बाणिज्य संघ लागी परेको महासचिव पोखरेलले जानकारी दिए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग