Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

राज्यको सुविधा प्राप्त गर्न नसकेको अपाङ्गहरुको गुनासो

Published on 12:30:00 AM //

घनश्याम गौतम
राज्यले अपांङ्गहरुका लागि उपलब्ध गराएको सुविधा आफुहरुले सहजै प्राप्त गर्न नसकेको अपाङ्गहरुले गुनासो गरेका छन् ।

 सुविधामा पहुँच पुर्याउन नसक्दा आफ्नो हक र अधिकारबाट समेत बञ्चित हुनु परेको उनीहरुले बताए । आशा अपांङ्ग केन्द्रले सदरमुकाम तम्घासमा आयोजना गरेको ‘राज्यको हरेक संरचनामा अपांङ्गको पहुँच र सशक्तिकरण’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश अपाङ्गहरुले राज्यले सुविधा उपलब्ध गरएपनि त्यो शहरमुखी मात्र भएको पीडा पोखे । राज्यसंगै सदियौं देखिको पितृसत्तात्मक सोंचमा परिवर्तन नहुँदा अपाङ्गहरुलाई हेर्ने सामाजिक दृष्ट्रिकोणमा समेत कुनै परिवर्तन नआएको उनीहरुको गुनासो छ ।

अपाङ्ग एकता समाजका अध्यक्ष घनबहादुर खड्काले अपाङ्गहरुको क्षेत्रमा काम गर्ने संघ संस्थाहरुले अपाङ्गहरुको सिप र क्षमता विकासका लागि कुनै पहल नगरेको आरोप लगाए । उनले अपाङ्गहरुको श्रेणी विभाजन गर्दा नै समान व्यवहार नगर्ने गरिएको गुनासो गरे । सरकारले अपाङ्गहरु बिच बर्गिकरण गरेर वितरण गर्ने अपांङ्ग परिचय पत्र व्यवहारिक नभएको भन्दै अपाङ्गताका आधारमा अपांङ्ग भत्ता उपलव्ध गराउन खड्काले माग गरे । अर्की अपाङ्ग तारा बस्नेतले अपाङ्गका क्षेत्रमा काम गर्ने धेरै गैर सरकारी संस्थाहरु भएपनि अवसरका लागि अपाङ्ग आफै भौतारिनु परेको गुनासो गरिन । अपाङ्गका नाममा आउने हरेक सुविधाहरु अपाङ्ग मार्फत नै उपलब्ध गराउने भएमा मात्र सही सदुपयोग हुने बताउँदै पहल गरिदिन सरोकारवालाई आग्रह गरिन ।
जिल्लामा विभिन्न प्रकृतिका सात हजार भन्दा वढी अपांङ्गहरु रहेको तथ्याङ्क सरोकारवाला संस्थाहरुले पेश गरेका थिए । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै महिला विकास कार्यालय प्रमुख जमुना पौडेलले अपाङ्गहरुको हक अधिकार सम्बन्धि अन्तराष्ट्रिय तथा राष्ट्रिय दस्तावेजहरु अभ्यासमा आएपनि तिनको प्रभावकारी कार्यान्वयन नहु“दा राज्यको सुविधामा अपाङ्गहरुको पहुँच पुग्न नसकेको बताईन । प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालले अपाङ्गहरुमा सवलाङ्गमा भन्दा बढी चमत्कारीक क्षमता हुने भन्दै त्यसको राज्यले समेत सदुपयोग गर्न नसकेको बताए । कार्यक्रममा अपाङ्गहरुको क्षेत्रमा भए गरेका कामहरुको बारेमा जानकारी र समिक्षा समेत गरिएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग