Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कवि तथा लोकगायक काउछाको निधन

Published on 2:17:00 AM //

 पी एम मगर
 गुल्मेली साहित्यीक फाँटमा गत २४ वर्षदेखि झुल्किरहनुभएका दर्जनौँ कृतिका कवि एवं लोक गायक दलवहादुर काउछा अव हामी विच हुनुहुन्न । 
सदरमुकाम तमघास वार्ड नं. ४ खानीगाउँ निवासी कवि काउछाको बिहीवार आफ्नै निवासमा ७१ वर्षको उमेरमा दुःखद निधन भएको छ । उहाँ गत एक वर्षदेखि प्यारालाईसिस र मधुमेह रोगले ग्रसित हुनुहुन्थ्यो ।     स्वर्गीय काउछाको जन्म वि.सं.१९९६ साल श्रावण २६ गते खानीगाउँमा भएको थियो । २३ वर्षसम्म भारतीय सेनामा रहेर सुवेदर पदमा अवकास लिनुभएका कवि काउछालाई उहाँको कला, गला र फरासिलो एवं मिलनसार व्याक्तित्वका कारण उहाँलाई नचिन्ने सायद विरलै होलान् ।
 उक्त रोगले भेट्टाउनु अघि कोट पाईन्ट टाई र चस्मामा सजिएर सदरमुकाम तमघासका विभिन्न कार्यक्रममा सहभागी हुने काउछाले आफ्ना कला र गलावाट सवैलाई मन्त्रमुग्ध पार्नुहुन्थ्यो । २०५० सालमा वुद्ध जयन्तीको अवसरमा कविता संग्रह साधा कागजवाट आफ्नो साहित्यीक यात्रा शुरु गर्नुभएका काउछाको दर्जनौँ कविता संग्रह र आधा दर्जन लोकगीतका क्यासेट एलवम निस्किसकेका छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग