Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी बैकको शाखा बिस्तार

Published on 3:25:00 PM //

कर्म योगीका कर्मठ हात गुल्मीकै पूँजी गुल्मीकै साथ भन्ने नारा बोकेको यस गुल्मी बिकास बैंकले शुक्रवार आफ्नो दोस्रो शाखा बिस्तार गरेको छ ।

२०६६ सालमा गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा प्रधान कार्यालयको स्थापना गरेको यस बैंकले पहिलो शाखा २०६६ साल माघ १ गते मजुवामा बिस्तार गरेको थियो भने दोस्रो शाखा जिल्लाको एक ब्यापारी केन्द्र वामीटक्सारमा बिस्तार गदै बैंकले वामीटक्सार तथा त्यस क्षेत्रका जनताहरुलाई बैंकिङ सेवा सुविधा दिने जनाएको छ । शाखाको उद्घाटन गदै प्रमुख अथिती प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालले बैंक नाफा मुखी भन्दा सेवामुखि हुनु पर्नेमा जोड दिएका थिए । प्रमुख अथिती अर्यालले छोटो समयमा पनि यस गुल्मी बिकास बैंकले गरेको सफताको पशंसा गरे । गुल्मी बिकास बैंकका कार्यकारी अधिकृत चिरञ्जीवी शर्माले बैंकको अहिलेको अवस्था र भोलीका दिनमा बैंकले दिने सेवा सुबिधाहरुको बारेमा जानकारी गराउनु भएको थियो । उद्घाटन कार्यक्रममा कृषि समन्यन समिती खर्वाङ बाग्लुङ्का अध्यक्ष हिमा खरेल, जागृती महिला बिकास केन्द्रका प्रमुख तारा बस्नेत, गुल्मी उद्योग बाणिज्य सघं वामी शाखाका शुर्दशन शाक्य, महेन्द आर्दश उच्च माध्यमिक बिद्यालय वामीका प्रार्चाय भिमलाल सापकोटा, नेपाल पत्रकार महासघं गुल्मीका सभापती जर्नादन घिमिरे, जिल्ला सहकारी सघं गुल्मीका सदस्य सोमनाथ सापकोटा, मैत्री बहुउद्देश्य सहकारी सघंका उपाध्यक्ष खड्क के.सी. लगायतले शुभकामना ब्यक्त गरेका थिए । बैंकका सञ्चालक दुर्गा प्रसाद पाण्डेको स्वागत रहेको कार्यक्रमको अध्यक्षता बैंकका सञ्चालक राम प्रसाद पन्थीले गरेका थिए भने सञ्चालन सदस्य सीता भुसालले गरेकी थिइन् ।


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग