Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विश्वकर्मा ससुरालीको घरमा १७ वर्षपछि दशैमा पसे दर्जी ज्वाई

Published on 12:14:00 AM //

 गगनशिला खड्का
दलित–दलितविच हुने छुवाछुतको कारण ज्वाईलाई घर नभित्र्याएका गुल्मीको अर्खलेका विश्वकर्मा परिवारले यसपलिको दशैमा भने बिहे गरेको १७ वर्षपछि उक्त दर्जि जातिका ज्वाईलाई घर भित्रै पसाएर स्वागत–सत्कार गरेका छन् ।

अर्खले गाविस वाडा नं. ८ भाडगाँउ निवासी मंगल विश्कर्माकी छोरी लक्ष्मी विश्वकर्मासंग २०५१ सालमा प्रेम विवाह गरेका स्थानिय रेसम दर्जिलाई यसरी उक्त विश्वकर्मा परिवारले दशैको टिकाको दिन घर भित्रै सत्कार गरेका हुन् । १७ वर्षसम्म आफ्नै छोरीलाई समेत भित्र पस्न नदिएका ससुरालीले यसपालिको दशैमा भित्रै लगेर सत्कार गरेमा खुसी लागेको ज्वाई रेसम दर्जिले बताउनुभयो । नेपाली सेना, चन्डीप्रसाद गुल्म महेन्द्र नगरमा कार्यरत सैनिक जवान दर्जिले लोकतन्त्रको उदय पश्चात नेपाली सेनामा वरु जातिय भेदभावको अन्त्य भैसकेको तर गाउ समाजमा भने यो
जातिय कलंकको अन्त्य भै नसकेको उँहाले गुनासो गर्नु भयो । तर ससुराली विश्वकर्मा परिवारमा यसपालीको दशैमा आएको जस्तै परिवर्तन सवैमा आउने हो भने यस्तो कलङकित जातिय भेदभावको चाडै अन्त्य हुने आशा जागेको उहाले वताउनुभयो । श्रीमान् रेसम र आफुलाई पेटिमै राखेर खाना खुवाउदा विगतका चाडपर्वमा गहभरी आसु पार्ने श्रीमति मुन्नीले पनि यसपालीको दशै खुसीका साथ मनाउन पाएको मा खुसी लागेको बताउनुभयो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग