Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रुखले च्याँपेर मृत्यु

Published on 1:46:00 AM //

 पी.एम.मगर
रुखले च्याँपेर गुल्मीको हाडहाडेमा सोमबार विहान एक जना व्याक्तिको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् ।
हाडहाडे गाविस वार्ड नं. २ माझथर निवासी ६२ वर्षीय लालवहादुर विकको रुख ढाल्ने क्रममा रुखले च्याँपेर घटनास्थलमै मृत्यु भएको छ भने अर्का एक जना सोही गाविस वार्ड नं. ४ निवासी ४९ वर्षीय छविलाल खत्री गम्भिर घाईते हुनुभएको छ । घाईतेको अहिले स्थानीय उपस्वास्थ्यचौकीमा सामान्य उपचार पछि थप उपचारको लागि पाल्पा स्थित मिसन अस्पताल लगिएको स्थानीय शिक्षिका कमला विकले जानकारी दिनुभएको छ । छिमेकीको घर निर्माणको लागि ज्यामिरे भिरको आफ्नो जग्गामा रहेको तिजुको रुख देखाई दिन गएका विकको आज विहान करिव साढे १० वजेतिर सोही रुखले च्यापिएर मृत्यु भएको हो । रुख नजिकै वसेका विकमाथि नै रुख ढलेपछि उनको मृत्यु भएको हो । विकको तीन छोरी मात्रै रहेको र अहिले आफ्नै घरमा कान्छी छोरी ज्वाँईसँग वस्दै आएका थिए ।


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग