Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिप दुर्घटनामा सात घाइते

Published on 6:46:00 PM //

घनश्याम गौतम
जन्ती लिएर फर्कदै गरेको लु.१ ज. १५२१ नम्बरको जिप गौडाकोट गाविसमा दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।

गौडाकोट–१ बाट दुलही लिएर बिरबास–१ बार्खे जान हिंडेको जिप गौडाकोट गाविसकै पुर्खे भन्ने स्थानमा दुर्घटनामा परेको हो । दुर्घटनामा विरवास–१
का दुलाहा जिवन क्षेत्री, दुलही गौडाकोट–१ की विमला सिंङ्जाली (क्षेत्री) सहित ७ जना घाइते भएको श्रृङ्गा प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक सुशिलबाबु पोख्रेलले बताए ।
घटनामा बिरवास–१ का सुदिप थापा संगीता क्षेत्री, सागर क्षेत्री, पार्वती टण्डन, चालक मानबहादुर थापा घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागी पाल्पा लगिएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । कच्ची मोटरबाटो र क्षमता भन्दा बढी यात्रु सवार भएकाले दुर्घटना भएको प्रहरीले जनाएको छ । जिप सडकबाट ५० मिटर तल खसेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग