Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भारत लैजान लागेका दुई युवतीको उद्धार

Published on 12:52:00 AM //

शिबलाल सुबेदी
अभिभावकको स्वीकृति विना बाग्लुङका तीन युवाहरुसँग भारत जान लागेका गुल्मी दर्लिङ्गका दुई किशोरीहरुलाई वाईसीएल् नेपाल, गुल्मीका कार्यकर्ताहरुले घर फर्काएका छन् ।

 बाग्लुङको लिवाङ–६ निवासी मित्रलाल विक, भीमबहादुर विक र आफ्नै भिनाजु मनबहादुर विकले भगाएर लैजान लागेका गुल्मी दर्लिङ्ग–५ निवासी दुई किशोरीलाई वाईसीएल् गुल्मी जिल्ला सदस्य राजु विश्वकर्माको नेतृत्वमा गएको वाईसीएल्को टोलीले गुल्मीको रिडीबाट घर फर्काएको हो । 
      रिडी इलाका प्रहरी चौकी, गुल्मीलाई फोन मार्फत् सूचित गरी हिजो राती करिब १२ बजे गुल्मीको तम्घासबाट हिंडेको वाईसीएल् र दलित मुक्ति मोर्चाको टोलीले उक्त प्रहरी चौकीमार्फत् जिल्ला प्रहरी कार्यालय, गुल्मीमा ल्याई उनका बाबु पूर्णबहादुर विश्वकर्माको जिम्मा लगाइएको एकीकृत नेकपा (माओवादी) मगरात राज्य समिति सदस्य एवं विशेष इलाका कमिटी गुल्मीका सदस्य गौचन धरालीले बताए । रिडी प्रहरी चौकीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, गुल्मीमा आफूहरु सहित पठाएका तीनजनालाई आफूहरुले मानव बेचविखनको आशंकामा प्रहरीलाई पक्राउ गर्न सहयोग गरे पनि प्रहरीले भने गहिरो अनुसन्धान नै नगरी उनीहरुलाई छाडेको धरालीले गुनासो गरे । 
 आफ्नै श्रीमती वा दुःख बिमारमा परेका आमाबुबा दिदीबहिनीलाई समेत भारतमा लैजानुपर्दा गा.वि.स.को सिफारिस–पत्र बनाएर लैजानुपर्ने अवस्थामा कुनै पनि कागजात नबनाई अभिभावकसँग समेत स्वीकृति नलिई त्यसरी किशोरीहरु भारत लैजाने व्यक्तिहरुप्रति गहिरो अनुसन्धान हुनुपथ्र्यो तर स्वयं प्रहरीले नै त्यसरी छाड्छ भने कसरी चेलीबेटी बेचबिखन कार्य रोकिन्छ ? धरालीले प्रतिप्रश्न गरे  । 
 दलित महिला संघ, गुल्मीकी अध्यक्ष कमला बरालले पनि त्यसरी अभिभावकहरुको आग्रहमा नियन्त्रणमा लिइएका व्यक्तिहरुलाई प्रहरीले त्यत्तिकै छाड्न नहुने तर्क राखे । ती दुई किशोरीले भिनाजू मनबहादुरले भारतको पञ्जावमा शुरुको तीन चार महिनासम्म निःशुल्क डान्स सिकाउन लगाउने र त्यसपछि त्यहाँ स्थित आर्.के.स्थानको डान्स सेन्टरमा डान्स गर्दा दिनको ४÷५ सय कमाइ हुने भन्दै उहाँले नै भाडा हालेर लैजान लागेको वताएका छन् । 
बाबु पूर्णबहादुरले पनि आपूmलाई थाहै नदिई छोरीहरुलाई फकाएर लगेकोमा धरालीमार्फत् फोन गरेर रोक्न लगाएको बताए  । भिनाजू मनबहादुरले भने आफ्नै सालीहरुलाई गलत नियतले नभई त्यहाँस्थित एक कम्पनिमा काम लगाइदिने र दिनको एक डेढ घण्टा डान्समा लगाइदिनको लागि लैजान लागेको बताएका छन् ।
उता जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक पदमप्रसाद सुवेदीले भने उनीहरु आफ्नो आफन्तसंग वावु आमावाट अनुमति लिई जान लागेको र सामान्य सोधपुछ पछि छाडिएको वताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग