दुई जिल्लामा सातामा पाँच घण्टा लोडसेडिङ्ग
नेपाल विद्युत प्राधिकरणले दशैंको अवसरमा पहाडी दुई जिल्लामा सातामा दुई दिन लोडसेडिङ्ग गर्ने भएको छ ।
नेपाल विद्युत प्राधिकरणका अनुसार हरेक शनिवार र सोमबार साँझ ६ बजे देखि साढे ८ बजेसम्म पहाडी जिल्ला गुल्मी र अर्घाखाँचिमा लोडसेडिङ्ग हुनेछ । साँझको समयमा लोड नपुगेकाले गुल्मी तथा अर्घाखाँची फिडरको रिडी पावरहाउसबाट लोड सेडिङ्ग गर्न लागिएको प्राधिकरणले जनाएको छ । स्थानीय उपभोक्ताले भने रिडी हाइड्रोपावरबाट समेत विद्युत उत्पादन भएको र गुल्मी कालीगण्डकी प्रभावित क्षेत्र समेत भएकाले लोडसेडिङ्ग मुक्त जिल्ला घोषणा गर्न माग गर्दै आएका छन् । गत वर्ष देखि उत्पादन शुरु भएको रिडी हाइड्रोपावरबाट मात्र २ दशमलब ४ मेगावाट विद्युत उत्पादन हुँदै आएको छ । नेपाल विद्युत प्राधिकरण पाल्पा शाखा प्रमुख सुमन श्रेष्ठले साँझको समयमा लोड बढ्दै गएकाले विद्युत नपुगेको बताए । ‘बिस्तारै लोड बढ्दै छ’, श्रेष्ठले भने, ‘कहिलेसम्म लोडसेडिङ्ग भन्ने टुङ्गो छैन ।’ उत्पादन नबढ्दासम्म यस्तै अवस्था रहने उनले बताए ।
0 प्रतिकृयाहरु