Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जीप र मोटरसाईकल ठोक्किदा एक घाइते

Published on 8:16:00 PM //

भरत पाण्डेय
 गुल्मीको सदरमुकाम तमघास वसपार्कमा आज दिउँसो जीप र मोटरसाईकल एक आपसमा ठोक्किँदा एक जना  घाईते भएका छन् ।
घाईते हुनेमा तम्घास गाविस वाख्रेछेडा निवासी राजन थापा रहेका छन् । सदरमुकाम तमघासवाट जुभुङ्गका लागि हिडेको लु १ ज १५२९ नंम्वरको जीप र वसपार्कतर्फ आउँदै गरेको लु ८ प ४६६४ नंम्वरको मोटरसाईकल वसपार्कमा रहेको शिवशक्ति पेट्रोलपम्प नजिकै एक आपसमा ठोक्किदा मोटरसाईकल चालक थापा घाईते भएका हुन् । घाईते थापाको अनुहारमा चोट लागेको र सामान्य उपचारपछि घर फर्केको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । ठक्कर दिने जीप र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग