Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

स्वास्थ्यकर्मीको अभाव

Published on 1:03:00 AM //

पिएम मगर 
गुल्मी गुल्मीको बलेटक्सार उपस्वास्थ्य चौकीमा आवश्यक स्वास्थ्यकर्मीहरुको अभाव खड्कीएको छ । गत दुई वर्ष अघि ग्रामीण स्वास्थ्य कार्यकर्ता र कार्यालय सहायकको रिक्त दरबन्दी पदपुर्ती नहुदा उक्त स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीहरुको अभाव खड्कीएको हो । दैनिक विरामीको चाप हुने बलेटक्सार उपस्वास्थ्य चौकीमा एकजना अहेब र एकजना माशिका। मात्रै हुँदा आफुहरु विरामी परेको बेला अन्यत्रै पठाउनुपर्ने अवस्था आएको उक्त स्वास्थ्य चौकी प्रमुख अहेब हरिकला पाण्डेले बताउनुभयो । गाविसले नै उक्त पदपुर्ती गर्नुपर्ने तर हालसम्म नगरिएकोले यस्तो समस्या आएको उहांले बताउनुभयो । उक्त स्वास्थ्य चौकीको भौतिक पुर्वाधार आवश्यक शैया समेत पर्याप्त छैन । एउटा पनि शैया नहुदा सुत्केरी महिला एवं अशक्तलाई बेाचमा सुताउनुपर्ने अवस्था रहेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग