Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शहिदका परिवारहरु सम्मानित

Published on 8:02:00 AM //

पिएम मगर
नेपाल तरुण दल जिल्ला कार्य समिति गुल्मीले आफ्नो ५८ औँ स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।

    सोही अवसरमा द्धन्दकालीन समयमा तत्कालीन विद्रोही पक्ष माओवादीवाट जिल्लाका विभिन्न स्थानमा हत्या गरिएका काँग्रेस कार्यकर्ताका परिवारलाई सम्मान गर्नुका साथै शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा वोल्ने वक्ताहरुले मुलुकको सही निकास तथा विकासका कार्यलाई सही तरीकाले अगाडी वढाउन तरुणहरुको आवश्यकता अनिवार्य रहने भन्दै शहीदले देखाएको वाटोतर्फ अग्रसर हुन आग्रह गरेका छन् । उनीहरुले जवसम्म शहीदको वलिदानीलाई सम्मान गर्न सकिँदैन मुलुकले पनि सही वाटो लिन नसक्ने कुरामा जोड् दिएका छन् ।
    कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका जिल्ला सभापति चन्द्र के।सी।ले शहिद परिवारहरुलाई राज्यले सम्मान गर्न नसकेको वताउनुभएको छ । उहुले शहिद परिवारहरुको शिक्षा स्वास्थ्य तथा रोजगारका लागि नेपाली काँग्रेसले पहल गर्ने वताउनु भएको छ । एक फरक प्रसङ्गमा अध्यक्ष के।सीले एकीकृत माओवादीका कारण वर्तमान राजनीतिक गतिरोध अन्त्य हुन नसकेको र यसको अन्त्यका लागि नेकपा एमालेले पनि सही वाटो अपनाउन नसकेको आरोप लगाउनुभएको छ । नेकपा एमाले पनि सत्ता लिप्सामा लागेको उहाँले वताउनुभएको छ ।
    कार्यक्रममा तत्कालीन विद्रोही माओवादी पक्षवाट हत्या गरिएका गुल्मी जिल्लाका ६ जना शहिदका परिवारलाई प्रमाण-पत्र तथा दोसल्ला ओडाएर सम्मान गरिएको छ । यसरी सम्मानित हनेहरुमा विशुखर्क गाविस वार्ड नं ५ का जीतवहादुर श्रीसका दुई श्रीमति कुन्ती श्रीस र लालकुमारी श्रीस, सोही गाविस वार्ड नं ८ की पद्मा सुवेदीकी श्रीमान् गोविन्द सुवेदी, इश्मादोहोली गाविस ७ का डम्मर वस्नेतकी श्रीमति तिला वस्नेत, नयागाउँ गाविस ९ का धनवहादुर रानाकी श्रीमति सिता राना र तमघास गाविस ७ का तुल्सीवहादुर सुनारकी श्रीमति कमला सुनार रहनुभएको छ । सम्मानीत शहिद परिवारको तर्फवाट वोल्दै तीला वस्नेतले सरकारले शहीद परिवारको भावना वुझ्न नसकेको भन्दै आफ्नो श्रीमानको हत्यापछि घर परिवार चलाउन निक्कै समस्या परेको वताउनुभएको छ । उहाँले शहीदका परिवारको सहयोगका लागि पार्टीले पनि पहल तथा सहयोग गरिदिन आग्रह समेत गनुभएको थियो ।
    कार्यक्रममा विशेष अतिथि नेपाल तरुण दलका केन्द्रीय सदस्य छन्दवहादुर पहराई नेविसंघका केन्द्रीय सह महामन्त्री विष्णु पन्थी नेपाली काँग्रेस जिल्ला सचिव विष्णु वलाल, कोषाध्यक्ष हरी न्यौपाने, महाधिवेशन प्रतिनिधी भुवनप्रसाद श्रेष्ठ, शालिक पन्थी र विष्णुकुमारी सापकोटा महासमिति सदस्य दुर्गावहादुर राना र सुवर्ण ज्वारचन नेपाल दलित संघका सभापति झविन्द्र विकले मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यस्तै नेविसंघका अध्यक्ष कृष्ण अर्याल नेपाली काँग्रेस क्षेत्र नं। १ का क्षेत्रीय सभापति पारिश्वर ढकाल क्षेत्र नं। ३ का दामोदर भुसाल नेपाली काँग्रेस तमघास गाउँ समितिका सभापति अखिलेश्वरप्रसाद पाण्डेय रेसुङ्गा वहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख शशि पन्थी र प्रेमनाथ अर्याल स्ववियू सचिव पुर्ण के।सी लगायतले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।
    नेपाल तरुण दलका जिल्ला उपाध्यक्ष लालमणी भण्डारीको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रममा अध्यक्ष खिलध्वज पन्थीको सभापतित्व तथा सचिव छवि पाण्डेयको साचालनमा सम्पन्न भएको थियो ।


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग