Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आगलागीवाट डेढ लाख वरावरको क्षति

Published on 3:22:00 AM //

पिएम मगर 
गुल्मीको भनभने गाविस निवासी एक व्याक्तिको वङ्गालोमा आगलागी हुंदा डेढ् लाख वरावरको क्षति भएको छ ।
गुल्मीको भनभने गाविस वार्ड नं। ४ भिरकोट निवासी टेकराज पन्थीको वङ्गालोमा आगलागी हुं्रदा उक्त क्षति भएको हो । आज विहान करीव साढे ७ वजेतिर वालवालिकाले गाईवस्तुलाई पानी तताउन आगो वाल्ने क्रममा वङ्गालोमा आगलागी भएको स्थानीयवासी भरत पन्थीले जानकारी दिनुभएको छ । आगलागीवाट वङ्गालामा रहेका संपुर्ण घाँसपात दाउरा सवै जल्नुका साथै नयाँ घर वनाउँनको लागि राखिएका काठ समेत जलेर नष्ट भएको छ । त्यस्तै सोही वङ्गालासंगै रहेको वाख्राका खोर समेत जलेको पन्थीले वताउनुभएको छ । वङ्गालाको तलामा रहेका गाई भैँसी तथा वाख्राहरुलाई भने स्थानीयवासीको सहयोगमा अन्यत्र सारिएको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग