Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

माछा मार्ने बमले हातै उडायो

Published on 2:57:00 AM //

 बम पड्काएर माछा मार्ने क्रममा हातमै बम पड्कदा गुल्मीमा एक व्यक्ति गम्भीर घाइते भएका छन् ।
वडिघाट खोलामा माछा मार्न फालेको बम हातमै अल्झेर पड्कँदा अस्लेवा गाविस-६ रुद्रवेणीका ५० वर्षीय मनवहादुर माझी गम्भीर घाईते भएका प्रहरीले जनाएको छ। बिहीबार दिउसो २ बजेतिर खोलामा माछा मार्न वम हुत्याउँदा दायाँहातमा बम अड्केर विष्फोट हुँदा माझीको हातनै छिनिएको प्रहरी नयाव उपरिक्षक मदन प्रसाद सुवेदीले बताए। उनको हात दुईटुक्रा भएको छ भने बमको छर्राले शरिर र टाउकोमा गम्भीर चोट लागेको छ। घाईतेको जिल्लामा उपचार हुन नसकेपछि थप उपचारका लागि पाल्पा स्थित मिसन अस्पताल ल्याइएको छ ।


नागरिक दैनिकीबाट 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग