Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा रङ्गशाला बनाउन काठमाडौंमा देउसी

Published on 2:23:00 AM //

गुल्मी आँपचौरमा रंगशाला निर्माणका लागि सोही गाँउका स्थानीय व्यक्तिहरू काठमाडौँमा नै आएर देउसी-भैलोमा जुटेका छन्।


श्री शित्तल नगर समाजसेवी युवा परिवार आंपचौरका रामु खरेल, प्रेम खरेललगायतका स्थानीय युवा युवतीहरूले काठमाडौँमा देउसी-भैलो खेली आफ्नो गाउँमा रंगशाला निर्माण गर्नेभएका छन्।

गुल्मेली समाजका कोषाध्यक्ष यज्ञमूर्ति खरेलका अनुसार युवा परिवारले विगतको भैलोबाट पनि गाउँमा महत्त्वपूर्ण् कार्य गरेको र भैलोबाट उठेको सहयोग रकमलाई समाजसेवामा उपयोग गर्ने गरेकोले गाउँलेहरू मात्र होइन, काठमाडौँमा बस्ने गुल्मेलीहरूले पनि सो देउसी-भैलो कार्यक्रमलाई निकै सकारात्मक रूपमा लिएका छन्।

गुल्मेली समाजले पनि सो देउसी-भैलो टोलीलाई उत्साहित गर्ने गरी भूमिका खेल्ने समाजका पदाधिकारीले बताएका छन्। त्यसै गरी नेकपा (एमाले) गुल्मी काठमाडौँ-सर्म्पर्क मञ्चलगायत अन्य सर्म्पर्क मञ्चहरूले पनि देउसी-भैलो कार्यक्रममा राजनीतिक गतिरोध अन्त्य, शान्ति प्रक्रिया र संविधान निर्माण कार्यलाई देउसी-भैलोको विषय बनाएका छन्।


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग