Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सामुदायिक प्रहरीद्धारा गुल्मीमा सचेतना अभियान

Published on 11:47:00 AM //

पी एम मगर 
तिहार पर्वमा जुवा तास नखेलौं पटाका नपड्काउ मादक पदार्थ सेवन नगरौं भन्दै रेसुङ्गा सामुदायिक प्रहरी सेवा समाज गुल्मीले जनसमुदायलाई सार्वजनिक सूचना मार्फत सचेतना बिस्तार गर्दै आएको छ ।

 समाजले शहरी क्षेत्रमा माइकीङ्ग तथा सुचना टाँस गर्दै अभियान साचालन गरेको हो । तिहार नजिकिदै गर्दा गुल्मी जिल्लामा प्रहरीले विशेष सर्तकता अपनाएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पदमप्रसाद सुवेदीले तिहार पवृ्रको वेलामा हुन सक्ने दुर्घटना न्यूनीकरणका लागि सचेतना अभियान साचालन गरिरहेको बताउनुभएको छ । दुर्घटना न्युनिकरणका लागि ठाउँ ठाउँमा चेकिङ्ग गर्ने वस तथा जीप व्यवसायी समिति तथा चालकहरुलाई सचेत गराउने लगायतका कार्य भईरहेको प्रहरी प्रमुख सुवेदीले वताउनुभएको छ ।
 त्यस्तै दिपावली पर्वलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था पनि प्रभावकारी वनाईएको उहाँले वताउनुभएको छ । चाडपर्वको समयमा हुन सक्ने चोरी डकैटी हत्या तथा लुटपाट जस्ता घटनालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा वनाईएको हो । दिपावलीभर पटका र जुवातास नखेल्न सर्वसाधारणका लागि अपिल समेत गरिएको छ । चाडपर्वको बेला गरिने यस्ता गतिविधीले समाजमा विकृती र झगडा मच्चाउने भएकोले यसको नियन्त्रण गर्न लागिएको हो । त्यस्तै जिल्लामा सबै ब्यापारीलाई आतंक मच्चाउने खालका पटका लगायतका वस्तु नभित्राउन अपिल गरिएको छ । साथै गुणस्तहीन र सडेगलेका खाद्यान्न वस्तुहरुलाई रोक्नको लागि बेला बेलामा बजार अनुगमन र ब्यापारीलाई सचेतना अभियान पनि साचालन गरिएको छ ।


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग