Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कतारमा खुमन अधिकारी सम्मानित

Published on 12:26:00 AM //

शालिकराम अर्याल, दोहा
प्रवासी नेपाली साङ्गितिक परिवार दोहा, कतारले मुस्लिमहरुको पवित्र पर्व बक्रईद् २०१० को सुःखद् अवसरमा नेपालबाट कतारमा सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्न आएको टोलीका सदस्य चर्चित लोकगायक श्री खुमन अधिकारीलाई एक समारोह बीच सम्मान गरेको छ ।



१९ नोभेम्बर, २०१० मा टपफर्म रेष्टुरेन्ट दोहा, कतारमा आयोजित लोकप्रतिभा सम्मान समारोहमा सम्मान तथा सद्भाव स्वरुप लोकगायक श्री खुमन अधिकारीलाई एक समारोह बीच प्रवासी नेपाली साङ्गितिक परिवार दोहा, कतारका अध्यक्ष श्री शक्ति क्षेत्रीबाट मायाको चिनो प्रदान गर्नुका साथै साङ्गितिक परिवारले हाल नेपालमा व्यवसाय पर्बर्द्दन स्वरुप झझल्को म्यूजिक कम्पनी स्थापनाको लागि प्रारम्भिक कार्य भैरहेको र कतारमा सो कार्यको लागि शेयर संकलन भैरहेको जानकारी दिदैं यस अभियानमा सक्रिय सहयोगको समेत अपेक्षा गर्नु भयो ।

साङ्गितिक परिवारका उपाध्यक्ष श्री दीपक परियारबाट हालसम्म संस्थाले गर्दै आएका र आगामी दिनमा गर्ने कार्यहरुबारे जानकारी दिँदै गायक श्री अधिकारीको चर्चित लोकगीत “लग्यो पराईले....” बोलको गीत प्रस्तुत गर्नुभयो । सोही अवसरमा साङ्गितिक परिवारका कोषाध्यक्ष लोकगायक श्री सूर्य काफ्लेबाट हालैमात्र बजारमा ल्याउनु भएको गीति एलबम जोडेनी दशऔंलाको “मौकाछोपी चौका हान्यौनी....” बोलको गीत प्रस्तुत गर्नु भयो । संस्थाका अन्य कलाकारहरुबाट लोकगीत तथा नृत्य प्रस्तुत गर्नुका साथै लोकगायक श्री अधिकारीबाट हाल बजारमा अत्यधिक चर्चित “फोन उठाउनु सानु.....” बोलको गीत प्रस्तुत गर्दै आफ्नोतर्फबाट प्रवासी नेपाली साङ्गितिक परिवारले पहल गर्ने कार्यहरुमा सदैव साथ दिने प्रतिवद्धता समेत जनाउनु भयो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग