Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाउँको विकासमा ध्यान दिन आग्रह

Published on 3:13:00 PM //

विभिन्न कारणवस आफ्नो जन्मस्थल छाडेपनि सामाजिक विकासमा आ-आफ्नो क्षेत्रबाट सहयोग गर्नु पर्नेमा आज बुटवलमा भएको एक कार्यक्रममा बक्ताहरुले बताएका छन् । 

गुल्मी पिपलधारा घर भएर कर्म थलो बुटवललाई बनाएका यूवाहरुले आफ्नो जन्म स्थालको विकासमा सक्दो सहगोग गर्ने प्रतिबद्धता जनाएका छन् । त्यस अवसरमा बोल्दै नेपाली कांग्रेस गुल्मी क्षेत्र नं. ३ का क्षेत्रिय सभापति दामोदर भुषालले युवाहरु विभिन्न कारणले गाउँबाट पलायन भएपनि उनीहरुको ध्यान गाउँको विकासमा खिच्नु जरुरी रहेको बताउनुभयो । उहाँले गाउँमा रोजगारीका अवसर नहुँदा शहर र्झनु बाध्यता भएपनि गाउँको  विकासमा जहाँ रहेर पनि सकारात्मक धारणा बनाउनु पर्नेमा जोड दिए ।  कार्यक्रममा पिपलधारा गाविसका पुर्वजनप्रतिनिधि तेज बहादुर गौतम, काँग्रेस गाविस सचिव हरि थापा, पत्रकार विक्रम खड्का, नविन खनाल लगायतले गाउँको विकास र पछिल्लो राजनीतिक प्रभावका विषयमा धारणा राखेका थिए । 
त्यस अवसरमा नविन खनालको संयोजकत्वमा पिपलधारा-रुपन्देही सम्पर्क समाज तदर्थ समिति गठन गरिएको छ । समितिका सदस्यहरुमा शैलेश कुमार कार्की, शैलेन्द्र विक्रम थापा, हरी शर्मा, लक्ष्मी खड्का, कल्पना केसी, विजय केसी, झविन्द्र थापा, धुव थापा लगायत रहेका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग