Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लुटपाटमा संलग्न व्यक्तिको पहिचान

Published on 7:54:00 PM //

सीता भण्डारी
गत कार्तिक ३० गते गुल्मीको बडागाउँ पेगामा लुटपाट गर्नै कार्यमा संलग्न दुइ ब्यक्तिको पहिचान भएको छ ।

उक्त दिन साँझ करिव साढे ७ बजेको समयमा तम्घासबाट वडागाउँ ६ मैदान स्थित घरतर्फजादै गरेका नेपाल प्रहरीका अवकास प्राप्त हवल्दार रामवहादुर थापालाई तत्कालीन अवस्थामा नचिनेका तीन जनाको समूहले निर्घात कुटपिट गरी थापाको साथमा रहेको करीव दर्ुइ लाख नगद र एक तोलाको सुनको सिक्री लुटेर फरार भएका थिए । उनीहरुको कुर्टाईवाट थापाको दाहिने कुम भाँचिनुका साथै शरिरका विभिन्न भागमा गम्भिर चोट लागेको छ । हालसम्म तमघास र पाल्पामा उपचार गर्दा करिव ३० हजार खचृ गरिसकेका थापा थप उपचारका लागि भैरहवादेखि काठमाण्डौसम्म जानुपर्ने वताईएको छ ।
घटनाका प्रत्यक्षदर्शी मार्फ बुझ्दै जाँदा थापालाई लुटपाट गर्ने वामी गाविस २ निवासी बिष्णु मल्ल र रजित केसी. रहेको पिडित थापाले बताउनुभएको छ र इलाका प्रहरी कार्यालय वामीकार् इन्चार्ज प्रहरी नायव निरीक्षक गोपाल पौड्यालले पनि ती दुवैजनालाई किटानी सहित खोजी गरी पाउँ भनि पिडित थापाले उजुरी दिएको बताउनुभयो । उजुरी पश्चात आरोपित मल्ल र केंसी दुवै फरार रहेकोले उनिहरु माथि आशंका गरीएको उहाँको भनाई छ ।
उक्त दिन तमघासवाट घर फर्किदै गरेका थापालाई कोड खुल्न नसकेको ६३११ नं. को मोटरर्साईकलमा आएका मल्ल र के.सी सहित पहिचान हुन नसकेका अर्का एक व्याक्तिले रातडाँडा नजिकैको सामाचौरदेखि पछ्याउँदै वडागाउँ ५ को पेँगामा थापालाई आक्रमण गरी उहाँको साथमा रहेको एक लाख ८३ हजार ७ सय नगद रुपैयाँ र एक तोला सुनको सिक्री लुटेर फरार भएका थिए । उनीहरुले थापाको लु ९ प १२३७ नं. को मोटरर्साईकललाई समेत तोड्फोड् गरी क्षति पुर्‍याएका छन् । थापा र केसी विरुद्ध पीडित थापाले आजै जिल्ला प्रहरी कार्यालय गुल्मीमा पनि किटानी जाहेर गरी पक्राउ गरी पाउँ भनि उजुरी दिएको वुझिएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग