Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आधारभूत मानवअधिकार तालिम शुरु

Published on 3:02:00 PM //


नरेशकुमार भण्डारी

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेकजिल्ला कार्यालय आयोजनामा अर्खले गाविसमा सामुदायिक संस्थाका सदस्यहरूका लागि सञ्चालन गरिएको आधारभुत मानवअधिकार तालिम ०६७ मंसिर १० गतेदेखि सुरु भयो ।
ग्रामीण तहका नागरिकहरूलाई मानवअधिकारको बारेमा सचेतना पुर्याउने उद्देश्यले सामुदायिक संस्थाका पदाधिकारीहरूलाई उक्त तालिम आयोजना गरिएको इन्सेकका जिल्ला संयोजक यज्ञप्रसाद भुसालले जानकारी दिए ।

तालिम उद्घाटन कार्यक्रममा बोल्दै महिला विकास कार्यालयकी सहजकर्ता शारदा अधिकारीले स्थानीय समुदायलाई सशक्तिकरण गर्दै  मानवअधिकारको बारेमा सचेतना जगाउन इन्सेक अभियान महत्वपूर्ण भएको बताइन् ।

तीनदिन सम्म सञ्चालन हुने उक्त तालिममा अर्खले गाविसका ९ वटा वडामा रहेका  सामुदायिक संस्थाका २६ जना महिला र ४ जना पुरुष गरी ३० जना सहभागी छन् ।

तालिममा इन्सेक जिल्ला कार्यालयका संयोजक यज्ञप्रसाद भुसालइन्सेक प्रतिनिधि नरेशकुमार भण्डारी र सहजकर्ता शान्ता पोखरेलले मानवअधिकारका विषयमा सहजीकरण गरेका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग