Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बहुविवाह गर्ने विरुद्ध पत्नीद्वारा उजुरी

Published on 1:05:00 AM //

नरेशकुमार भण्डारी

नयाँगाउ गाविस-९ लप्सीका चन्द्रवहादुर कुवँरले बहुविवाह गरेको भन्दै पत्नी कुसुम कुवँरले न्यायका लागि भन्दै ०६७ मंसिर ६ गते मानवअधिकारकर्मीको सहयोगमा जिल्ला प्रहरी कर्यालयमा जाहेरी दर्ता गरेकी छन् ।

पति चन्द्रबहादुरले ०६७ कात्तिक २७ गते राती आफूलाई कुटपिट गरी घरमा आगो लगाएर स्थानीय माया रानामगरसँग सोही दिन विवाह गरी फरार भएको भन्दै कानुनी कारबाहीको माग सहित जाहेरी दिएकी हुन् ।  दुई छोरा र एक छोरीकी आमा कुशुम सो दिनदेखि अलपत्र अवस्थामा रहेकी छन् । उनी स्थानीयवासीको सहयोग तथा आफन्तको शरणमा बस्दै आएकी छन् ।

बहुविवाह गर्ने चन्द्रबहादुर कुवँरको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय ले जनाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग