Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लघुबित्त कार्यक्रम केन्द्र प्रमुख गोष्ठी सम्पन्न

Published on 2:10:00 AM //

 धौलागिरी सामुदायिक श्रोत बिकाश केन्द्रद्धारा संन्चालित लघुबित्त कार्यक्रम अन्तर्गत शाखा कार्यलय गुल्मी तम्घासको बार्षिक केन्द्र प्रमुख गोष्ठी तथा केन्द्र मुल्याङकन कार्यक्रम हिजो सकिएको छ ।

भगवती कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष ईश्वरलाल राजभण्डारी, आन्तरिक लेखापरिक्षक कृष्ण प्रसाद शर्मा, गुल्मी शाखाका कर्मचारी दिलकुमारी श्रीस, कृष्ण पौडेल र जगत सुनारले बोल्नुभएको थियो ।
उक्त गोष्ठीमा गुल्मी र अर्घाखाँचीका १३ गाबिसका ४० महिलाहरुको सहभागीता रहेको थियो । गोष्ठीमा लघुबित्त कार्यक्रमले गाउँमा पुर्याएको सेवा, क्षेत्र बिस्तार, लक्षीत बर्ग सम्म आगामी बर्षहरुमा लघुबित कार्यक्रमलाई कसरी प्रभाबकारी बनाउने भन्ने बिषयमा संस्थाका अध्यक्ष ईश्वरलाल राजभण्डारी र आन्तरीक लेखापरिक्षक कृष्णप्रसाद शर्माले सहजीकरण गर्नुभएको थियो ।
त्यस्तैगरी सोही अवसरमा प्रथम हुने छापतोला धौलागिरी सामुदायीक महिला केन्द्र तम्घास, दोश्रो हुने बिष्णुज्योती धौलागिरी सामुदायीक महिला केन्द्र जुभुङ २, तेश्रो हुने धागिथुम भगवती धौलागिरी सामुदायिक महिला केन्द्र तम्घास ३, सान्त्वना ओम शान्ती धौलागिरी सामुदायीक महिला केन्द्र बलेटक्सार र उत्कृष्ठ केन्द्र प्रमुखमा उजेली केसीलाई सम्मान गरिएको थियो ।
सो गोष्ठीको संन्चालन गुल्मी शाखाका शाखा प्रबन्धक दिलकुमारी श्रीसले गर्नुभएको थियो भने स्वागत कर्मचारी कृष्ण पौडेलले गर्नुभएको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग