Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महायज्ञमा एकै व्यक्तिद्धारा दुईलाख १७ हजार दान

Published on 6:59:00 PM //

 गगनशिला खड्का
 शिक्षा र स्वास्थ्यको एकीकृत विकाशको लागी गुल्मीको चारपालामा भएको श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञमा आज दोश्रो दिन एक जना व्यक्तिले दुईलाख भन्दा बढी सहयोग गरेका छन् ।
आज बिहानैदेखि शुरु भएको महायज्ञमा डिट्ठा मान सिँ थापा समाज कल्याण केन्द्रका अध्यक्ष गोपाल सिँ थापाबाट २ लाख १७ हजार रुपैयाँ सहयोग गर्नुभएको हो । अमर अर्बाथोक ५ ग्वालेन्चौर निवासी रुद्रबहादुर बुचाबाट १ लाख १ हजार १, अमर अर्वाथोक ७ तल्लो हटिया निवासी घन प्रसाद श्रेष्ठबाट ५० हजार ५ सय ५५ रुपैयाँ चन्दा दान गर्नुभएको छ । महायज्ञ मूल आयोजक समितीले हिँजो पहिलो दिन दान गर्ने दाताहरुको नामावली पनि सार्वजकिक गरेको छ ।
हिँजो स्वर्गीय श्री द्वयकला टण्डनको स्मृतिमा हर्दिनेटा ७ निवासी लोक बहादुर टण्डनले एकलाख ५१ हजार १ रुपैयाँ , चिन्तामणी निमकला भुसाल प्रतिष्ठानबाट समाजसेवी नन्दराम भुसालबाट ५१ हजार १ सय ५१, नेपाली काँग्रेस गुल्मीका सभापति चन्द्र बहादुर केसीले २५ हजार, काँग्रेस केन्द्रियसदस्य चन्द्र भण्डारीले १५ हजार,  संस्कृति मन्त्री डाक्टर मिनेन्द्र रीजालले ५ हजार, गुल्मीका प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालले १ हजार १ सय ११ रुपैयाँ चन्दा सहयोग गर्नुभएको थियो । हिँजो संस्कृति मन्त्री डा मिनेन्द्र रीजालले उद्घाटन गर्नुभएको महायज्ञमा वाचन प्रविण पण्डित दिनबन्धु पोखरेलले कथा बाचन गरीरहनुभएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग