Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

छात्रबृत्ति कोष स्थापना

Published on 12:13:00 AM //

घनश्याम गौतम
दर्लामचौर गाविसको ठाढुङ्गा माध्यामिक विद्यालयमा अमेरिकामा रहेका व्यक्तिले एक लाख रुपैंयाको छात्रबृत्ति कोष स्थापना गरिदिएका छन् ।
दर्लामचौर–३ का स्वर्गीय प्रेमनाथ अर्यालको स्मृतिमा उनका छोरा मुक्तिनाथले प्रेमनाथ अर्याल स्मृति छात्रबृत्ति कोषको स्थापना गरेका हुन् ।
अमेरिकामा रहेका मुक्तिनाथले स्वर्गिय पिता प्रेमनाथ अर्यालले सोही विद्यालयमा अध्यापन गरेको र विद्यालयलाई महत्वपूर्ण योगदान समेत  पुर्याएकाले बाबुको सम्झनामा कोषको स्थापना गरेको बताए ।
छात्रबृत्ति कोषको ब्याजबाट हुने आम्दानीले त्यस क्षेत्रका ठाढुङ्गा मावि, दोहोलीको रामराज्य उच्च मावि र इश्मारजस्थलको आनन्दपुर माविमा अध्ययनरत विद्यार्थीहरु मध्ये हरेक वर्ष एसएलसीमा उत्कृष्ट हुने तिन जनालाई पुरस्कृत गरिने छ । सर्बोत्कृष्टलाई २ हजार, दोस्रो र तेस्रो हुने
लाई प्रति विद्यार्थी १ हजार पाँच सय रुपैंया छात्रबृत्ति उपलब्ध गराउने गरी कोषको स्थापना गरेको ठाढुङ्गा माविका व्यवस्थापन समिति अध्यक्ष तोयनाथ सापकोटाले बताए ।
छात्रबृत्ति कोषबाट यस वर्षको एसएलसी परिक्षामा उत्कृष्ट हुने रामराज्य उच्च मावि दोहोलीका शंकर रिजाल, ठाढुङ्गा मावि दर्लामचौरका गिता घिमिरे र आनन्दपुर मावि इश्मारजस्थलका नरबहादुर खड्कालाई पुरस्कार प्रदान गरिएको छ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग