Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गौतम पुरस्कृत

Published on 4:31:00 PM //

जिल्लाका पहिलो पत्रकारका नाममा स्थापना गरेको कृष्ण आचार्य स्मृती पत्रकारिता पुरस्कारबाट गुल्मीन्युज संवाददाता एंव पत्रकार घनश्याम गौतम पुरस्कृत भएका छन् ।

प्रेस चौतारी जिल्ला शाखाले गत वर्ष स्थापना गरेको कृष्ण आचार्य स्मृति सिर्जनशील पत्रकारिता पुरस्कारबाट पहिलो बर्ष गौतमलाई पुरस्कृत गर्ने निर्णय गरिएको छनोट समिति संयोजक नरेश भण्डारीले बताए । प्रेस चौतारीले पञ्चायतकालमा राष्ट्रिय समाचार समितिमा रहेर निडर र क्रियाशिल भएर गुल्मीको पत्रकारिताको विकासमा पु¥याएको योगदानको कदर गर्दै पुरस्कार स्थापना गरेको थियो । पुरस्कारको राशी ५ हजार रुपैंया नगद र प्रमाणपत्र रहेको छ । पुरस्कार प्रेस चौतारीको १६ गते हुने जिल्ला अधिवेशनमा प्रदान गरिने चौतारीले जनाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग