Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आगलागीबाट ११ लाख बराबरको क्षती

Published on 2:06:00 AM //

भरत पाण्डेय
गुल्मीको भार्सेमा गएराती २ वटा घरमा आगलागी हुँदा ११ लाख बराबरको क्षती भएको छ । भार्से गाविस १ भैसे निवासी मेख बहादुर रानाको घर र नमुना कृषि बहुउद्येस्यीय सहकारी संस्थाले सञ्चालन गरेको सुपथ सहकारी पसलमा भएको आगलागीमा सो क्षती भएको हो ।

गएराती स्थानिय सूर्य बहादुर रानाको बाख्राको खोरबाट सल्किएको आगोले २ वटा घर र पसल जलेपछि सो क्षती भएको स्थानिय मुन बहादुर रानाले बताउनुभयो । आगलागीबाट सहकारी पसलको ८० हजार रुपैयाँ बराबरको सामान र ५० हजार रुपैयाँ नगदका साथै घरमा रहेको लत्ताकपडा, काजजपत्र, अन्नपात जलेर नष्ट भएको उहाँले बताउनुभयो । आगलागीको कारण थाहा हुन नसकेको प्रहरीले बताएको छ ।


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग