Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

छापचौरमा मोटर चल्यो

Published on 3:29:00 AM //

 लुम्विनी अञ्चलको पहाडी जिल्ला गुल्मीको छापचौरमा पहिलोपटक मोटर पुगेको छ ।


गाउ“मा मोटर चलेपछि स्थानीय बासिमा खुसियाली छाएको छ । जिविस र स्थानीय बाषीको आर्थीक सहयोगमा दुईबर्ष अघी निमार्ण गरीएको सो बाटोमा मङगलबार बस पुगेको हो । बस र चालकलाई स्थानीय बासिले बाजागाजा सहीत स्वागत गरेका थिए ।

पश्चिम नेपाल बस ब्यबसायी समीती बुटवलको ना ३ ख ३४५५ नम्वरको बस छापचौरमा पुर्याए पछि चालक ज्ञान बहादुर रानाले बाटो राम्रो भएको र अव निरन्तर गाडी पुर्याउन सकीने बताए । बसधनि कुस्माखर काफ्लेले जनताले सहयोग गरे बस चलाउन सकिने कताए ।

बसलाई स्थानीयबासि धनबहादुर क्षत्री, अर्जुन हमाल, मेघ प्रसाद श्रेष्ठ, केयर सिहं थापा, राजु बिक, अनिस ढकाल लगायतले फुलमालाले स्वागत गरेका थिए । ब्यबसायी समितीका निबर्तमान अध्यक्ष तुल्सीराम बञ्जाडे, पत्रकार हरिस ढकाल, विस्वास ढकाललगायतले बस पुर्याउन पहल गरेका थिए ।


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग