Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पैदल हिँडेर पेन्सन बुझ्दै १०३ वर्षीया वृद्धा

Published on 1:40:00 PM //

 भारतीय सैन्य सेवाबाट अवकास प्राप्त व्यक्तिको मृत्युपछि श्रीमतीलाई पनि आजीवन पेन्सन उपलब्ध गराउने बोर्डको निर्णय अनुसार हर्दिनेटा गाविस-३ धरमपानी निवासी १०३ बर्षीय कलावती पन्थीलाई पेन्सन उपलब्ध गराइएको बोर्डका सचिव चन्द्र कुवरले बताउनुभयो ।

पन्थी पेन्सन बुझ्नेमध्येमा हालसम्मकै जेठो नागरिक भएको बोर्डले जनाएको छ । सचिव कुवरका अनुसार नेपालमा नै यो उमेरसम्म पेन्सन बुझ्ने दोस्रो मानिस छैन ।
चार छोरा र छ छोरीबाट दुई सयभन्दा बढी सन्तान भइसकेकी वृद्धा पन्थीका छोरीपट्ट जिनाती र छोरापट्ट खिखनाती भइसकेको छोरा चुराबहादुर पन्थीले बताउनुभयो ।
भारत बेलायतको उपनिवेश भएको समयमा पहिलो विश्वयुद्धमा जर्मनसँग लड्दा इटलीमा घाइते हुनुभएका उहाँका श्रीमान् छविलाल पन्थी १९१९ मार्चमा घायल पेन्सनमा सेवा निवृत्त हुनुभएको थियो । उहाँ पेन्सनमा निस्किएपछि सन् १९१९ मा नै हाम्रो विवाह भएको हो वृद्धा कलावती अतीतलाई स्मरण गर्दै भन्नुहुन्छ, उहाँ जीवित छउन्जेल पनि मैले घाइतेसँग विवाह गरेको महसुस गर्नुपरेन ।
उमेर डाँडा काटिसके पनि कलावतीको जाँगर र साहस भने वयस्कको भन्दा कम छैन । स्थानीय रामबहादुर सारु भन्नुहुन्छ स्वास्थ्य स्थिति राम्रो भएरै होला सदरमुकामभन्दा बाह्र कोस टाढाको घरबाट उहाँ हरेक वर्ष पैदलै हिँडेर पेन्सन बुझ्न जिल्ला सदरमुकाम आउँदै हुनुहुन्छ ।
वृद्धाको पेन्सन मासिक अठार हजार रुपियाँ रहेको जनाइएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग