Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अन्तरसंवाद कार्यक्रम सम्पन्न

Published on 6:34:00 AM //

गगनशिला खड्का
गैरसरकारी संस्था महासंघ शाखा कार्यलय गुल्मीको आयोजनामा संविधान निर्माण प्रक्रियामा नागरिक संगठनहरुको सरोकार विषयक एक दिने अन्तरसंवाद कार्यक्रम गुल्मीको सदरमुकाम तम्घासमा  सम्पन्न भएको छ ।

कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यलय गुल्मीका जिल्ला न्याधिबक्ता कुल प्रसाद पाण्डेले नयाँ संविधानको अवधारणा पत्र तथा प्रारम्भीक मस्यौदा र अधिबक्ता गुणानिधी शर्माले लोकतान्त्रीक संघियता र संविधान निर्माण विषयक अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा ६ वटा विषयगत समिती बनाई प्रत्येक समितीको प्रतिनिधीत्व गरी एक—एक जनाले आफुले बनाएका सुझाबहरु प्रस्तुत गरेका थिए। जसमध्ये समुह (क )को प्रतिनित्व गर्दै मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितीको विषयमा नेकपा एमाले गुल्मीका प्रचार—प्रसार विभाग प्रमुख शेषकान्त गौतम, समुह(ख)मा राज्यको पुनःरसंरचना र राज्यशतक्ती वाँडफाड समिती विषयमा गैरसरकारी संस्था महाँसंघ गुल्मीका सह—सचिब हिमकला राना,समुह (ग)मा राज्यको शासकिय स्वरुप निर्धारण समिती विषयमा गैरसरकारी संस्था महासंघ गुल्मीका उपाध्यक्ष युवराज के.सी,समुह (घ)मा संवैधानिक निकायको संरचना निर्धारण समिती विषयमा राष्ट्रीय प्रजातन्त्र पार्टीका भिम बहादुर बोहोरा,समुह (ङ)मा साँस्कृतिक र सामाजिक ऐक्यबद्धताको आधार निर्धारण समिती विषयमा नेपाल प्रेश युनियन गुल्मीका सचिब छवि पाण्डेय र समुह (च )मा संवैधानिक समिती विषयमा राष्ट्रीय प्रजातन्त्र पार्टीका उपाध्यक्ष ठाकुर प्रसाद पाण्डेयले आफ्नो समुहको नेतृत्व गरी प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम गैरसरकारी संस्था महाँसघ गुल्मीका अध्यक्ष विष्णु प्रसाद भण्डारीको सभापतीत्व,उपाध्यक्ष युवराज के.सीको स्वागत मन्तव्य र संघका सचिब रेशम कुँवरको सञ्चालनमा सम्पन्न भएको थियो ।


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग