आमाको उपचारार्थ छोरा माग्दै
Published on
3:29:00 AM //
आमाको उपचारार्थ गुल्मीका एक युवकले पोखरामा माग्दै हिडेका छन् ।
गुल्मी जिल्ला बलेटक्सार गाउँ विकास समिति वडानम्बर-५ का राजकुमार गन्धर्वले ४८ वर्षीया आमा फूलमाया गन्धर्वको उपचारार्थ आर्थिक सहयोगको याचना गर्दै हिडेका हुन् ।आन्द्राको क्यान्सरबाट पीडित फूलमायाको हाल भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार भैरहेको उनले जनाए । घरको आर्थिक स्थित कमजोर भएको बताउने फूलमायाका जेठा छोरा राजकुमारले आमाको उपचारार्थ हालसम्म ४ लाख खर्च भैसकेको जनाए । ३ दिनअघि पोखरा आएका उनी पृथ्वीचोक आसपासमा बसका यात्रु तथा सर्वसाधारणसँग आमाको फोटो देखाउँदै सहयोग मागिरहेको भेटिन्छन् ।
agar koi contact no chha bhane hamilai pathaidinus kin bhane aphule sakdo sahayog garn sakin6.....ma sahayog garn tayar chhu............
ReplyDelete