Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मोटरवाटोका कारण ऋणको भारीमा

Published on 10:16:00 PM //

पी.एम.मगर 

गाविसभित्र दोजर तथा स्क्याभेटर लगाई खनिएका मोटरवाटोका कारण गुल्मीको वलिथुम गाविसवासीहरुले ४३ लाख ऋणको भारी व्यहोर्नुपरेको छ ।

आफु खुसी खनाईएका सोही वाटोका कारण न त अहिले ति वाटोमा गाडी नै गुड्न सकेका छन् न त जनताले कुनै लाभ नै उठाउन सकेका छन् । वरु पटक पटक बाडी पहिरोको चपेटामा छन बलिथुम गाविसका जनताहरु । उता कति घर परिवार विस्थापित हुने अवस्थामा छन् भने कति खनी खोस्र्री गरी खाने खेतवारी नै परिँदा कैयौँ परिवार प्रभावित वनेका छन् । डल्ली खोलादेखि टारी जोड्ने मोटरवाटो, गाविस भवनदेखि रैनादी हुँदै डल्लीखोला जोड्ने मोटरवाटो, सानो लुम्पेकदेखि नयाँगाउँ हुँदै खौवा जोड्ने मोटरवाटो, सानो लुम्पककै कोटघरदेखि टारी जोड्ने मोटरवाटो, पिपलपोखरादेखि रैनादीसम्म जोड्ने मोटरवाटो यसका ज्वलन्त उदहारणहरु हुन् जो आफैमा अलपत्र वनेका छन् । तिनै वाटोका लागि गत साल गाउँ परिषदले सवै भन्दा वढी १० लाख १९ हजार ७ सय रुपैयाँ छुटाएको थियो भने अहिलेको परिषदवाट पनि सवै भन्दा वढी ११ लाख ८७ हजार रुपैँया छुटाईएको छ । 
समितिका अनुसार अहिले भत्किएको मोटरवाटो सञ्चालनका लागि डोजर लगाईरहेको र केही दिन भित्रै डल्लीखोला, रैनादी हुँदै गाविस भवन जोड्ने मोटरवाटोमा गाडी सञ्चालनमा ल्याउने र अन्य वाटोहरुमा पनि छिटै गाडी सञ्चालनमा ल्याउने समितिले जनाएको छ । चारदलको निर्णय अनुसार ती वाटोहरु खनाईएको र आफु खुशी नगरेको हुँदा गाविस विकासका लागि केन्द्रवाट पहल गर्ने समेत समितिले जनाएको छ । यता परिषदले छुटाएको रकमको कुनै टुंगो नलाग्ने र ऋण चुक्ता गर्न दुई तिन वर्षको गाउँ परिषदको रकमले पनि नपुग्ने हुँदा वाटो यही अवस्थामै हुने हो कि भन्ने स्थानीयवासीहरु गुनासो रहेको गुल्मीको वलिथुमवाट हाम्रा सहकर्मी गंगु कुवँरले जानकारी दिनुभएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग