Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जीप दुर्घटनामा पाँचको मृत्‍यु

Published on 6:07:00 PM //

गुल्मीबाट बुटवलतर्फ छुटेको लु १ च ३६६९ नम्बरको जीप पाल्पाको मस्याम गाउँ विकास समिति वडा नम्बर चार केराबारीमा शुक्रबार बिहान चार बजेतिर दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा सल्यानको हिवल्चा गाविस-५ का शेरबहादुर थापा, गुल्मी तुराङ ४ का ६८ वर्षीय धनबहादुर बस्नेत र ५२ वर्षीय दिलबहादुर रजाली, तुराङ गाविस- २ का ४५ वर्षीय नारायण खनाल र तुराङ गाविस- १ का ४८ वर्षीय खगेश्वर अर्याल रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते रुपन्देही चिल्हिया गाविसका २६ वर्षीय कमल अर्याल र चिल्हिया ४ की आरती खनालको बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा र अर्की एकजना महिलाको पाल्पाको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भैरहेको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग