Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पत्रकार सम्मेलनमा विवाहको घोषणा

Published on 11:10:00 PM //

परिवारजनले अन्तरजातीय विवाह अस्वीकार गरेपछि केही दिन अगाडि अन्त्तरजातीय प्रेम विवाह गरेका गुल्मीका एक जोडीले शुक्रबार पत्रकार सम्मेलन गरी आफूहरुको वैवाहिक सम्बन्धको औपचारिक घोषणा गरेका छन् ।

लामो प्रेम सम्बन्धपछि गत मंसिर २७ गते दुबैको मन मिलाएर स्थानीय एक मन्दिरमा गई पीपलधारा गाविस-६ निवासी प्रेमबहादुर विश्वकर्माका २२ वर्षीय छोरा राजु विश्वकर्मासँग अन्तरजातीय विवाह गरेकी गुल्मी हाडहाडे गाविस वडा नम्बर ७ निवासी जगत काउछा मगरकी २० वर्षीय छोरी शान्ता काउछा मगरलाई उनका परिवारजनले जिल्ला प्रहरी कार्यालय गुल्मीबाटै गत दुई दिनदेखि राजीवसँग सम्बन्ध छुटाएर घर लैजाने प्रयास गरेपछि यी जोडीले यसरी पत्रकार सम्मेलन गरी वैवाहिक सम्बन्ध सर्वजनिक गरेका हुन् । 

शान्ताका बाबुआमा छिमेकीहले उनीहरुको सम्बन्ध अस्वीकार गर्दै बर राजीवलाई विवाह गरेको प्रमाण देखाउन चुनौती दिएको र छोरी शान्तालाई समेत जबरजस्ती घर फर्काउन चाहेपछि जिल्लाका दलित अधिकारकर्मीह�ले गत दुई दिनदेखि उनीहरुको सम्बन्ध छुट्न नदिन पहल गरेका थिए ।

बुटवल टुडेबाट 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग