Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नाम जोडिएकोमा आपत्ती

Published on 8:42:00 PM //

गगनशिला खड्का
 नेपाल प्रेश चौतारी गुल्मीको चौथो जिल्ला अधिबेशन बाट निर्बाचित नयाँ कार्यसमितीको सदस्य पदमा आफ्नो नाम जोडिन आएकोमा नेपाल पत्रकार महाँसघ गुल्मीका कार्यबाहक सचिब भरत पाण्डेयले आफ्नो ध्यानआकर्षण भएको जनाउनु भएको छ ।
उहाँले आज एक प्रेश विज्ञप्ती प्रकाशित गरी आफु अहिले सम्म पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महाँसघ संग मात्र आबद्ध रहेकाले कुनै पनि पार्टीका भातृ संगठनको सदस्यता नलिने जानकारी गराउनुभएको छ । उहाँले नेपाल प्रेश चौतारी गुल्मीको अधिबेशनको क्रममा आफु गुल्मी जिल्लामा नरहेको र आफु प्रेश चौतारी गुल्मीको कुनै पदमा नरहेको सबैमा जानकारी गराउनुभएको छ । उहाँले विज्ञप्ती मार्फत  आगामी दिनमा कसैको डर त्रास, धम्की वा प्रलोभन र निजी स्वार्थअनुकुलतामा पत्रकारीता नगर्ने ब्यहोरा समेत प्रष्ट पार्नु भएको छ । साथै वित्रप्तीमा पत्रकारीता समाजको ऐना जस्तै भएकोले यसका समाजका हरेक कृयाकलाप जनतालाई ऐनाजस्तै छर्लङ्ग पारीदिनका लागी पत्रकारीता क्षेत्रमा लागेका पत्रकारहरुलाई निश्पक्षरुपमा यथार्थ कुरा लेख्ने बाताबरण सिर्जना गरीदिन राजनितीक दलहरु र तिनका भ्रातृ संगठनहरु, जनतालाई भ्रममा नपर्ने गरी यथार्थ समाचार सम्प्रेषण गर्नुहुन पत्रकार साथीहरु र २-४ हजार रुपैयाँ लगानी गरेकै आधारमा सञ्चारमाध्यमलाई आफ्नो निजी भजनमण्डलीको अखडा नबनाई पत्रकारमाथी सामन्ती प्रबृत्ति नलाद्न सञ्चारमाध्यमका लगानीकर्ता समक्ष अनुरोध समेत गरिएको छ ।


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग