Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चोरी गर्ने व्याक्ति पक्राउ

Published on 2:46:00 PM //

 सीता भण्डारी

गुल्मी जिल्लाको एक होटलवाट मंसीर ८ गते ७० हजार नगद रुपैंयाँ चोरी गरि फरार रहेका व्याक्ति आज पक्राउ परेका छन् ।
रकम चोरेर फरार रहेका मर्भुङ्ग गाविस वार्ड नं. ८ सिमलटारीका २१ वर्षीय रामवहादुर खड्का आज सदरमुकाम तमघासमा पक्राउ परेका हुन् । फरार खड्का वुटवल हुँदै सदरमुकाम तमघास प्रवेश गरेको खवर पाएपछि खोजतलास गर्नेक्रममा उनलाई तमघासको चलचित्र हल नजिकै पक्राउ गरि प्रहरीलाई वुझाएको रेसुङ्गा होटलका व्यवस्थापक रामवहादुर केसीले जानकारी दिनुभएको छ । पक्राउ परेका खड्कामाथि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
आफ्नो कामको शिलसिलामा सदरमुकाम तम्घास स्थित रेसुङ्गा होटलमा बसेकी वामी गाविस वामीटक्सार निवासी विजया मल्ल शौचालय गएको मौका छोपि कोठामा पसेर उक्त व्यक्तिले व्यागमा राखेको ७० हजार नगद चोरी गरि फरार वनेको थिए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग