Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विहीवारदेखि लागेको आगो नियन्त्रणमा

Published on 8:26:00 PM //

 पी.एम.मगर
गुल्मीको पश्चिम क्षेत्रमा रहेको मर्भुङ गाविस स्थित टप सामुदायिक वनमा विहिवारदेखि लागेको आगो आज अपरान्हदेखि नियन्त्रणमा आएको छ ।

स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको हो । हिजो दिनभर प्रयास गर्दा पनि आगलागी नियन्त्रणमा आउन नसकेपछि अग्नी रेखा काटेर टप सामुदायिक वन नजिकै रहेका सावडाँडा क्षेत्रका ४ घर र टप सामुदायीक वन वरिपरि रहेका १० घर गरि १४ घरहरुलाई क्षति हुनवाट जोगाईएको थियो । आगो नियन्त्रणका लागि मर्भुङ्ग प्रहरीचौकी सिमलटारीवाट गएको प्रहरी, हुल सामुदायिक वनका अध्यक्ष तथा पदाधिकारी, स्थानीयवासीहरु हिजो वेलुकीदेखि आगो नियन्त्रणका लागि उक्त सामुदायीक वनमा जुटेका थिए । आगोलागी भएको ठाउँ अफ्ठेरो र भिरालो भएका कारण आगलागी शिघ्र नियन्त्रणमा लिन समस्या भएको थियो । उक्त आगलागि भएको ठाउँ सदरमुकाम तम्घासवाट १२ कोष उत्तरमा पर्दछ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग