Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वन फडानी गर्नेलाई कारवाही

Published on 12:14:00 AM //

 पि.एम.मगर
गुल्मीको अर्खले गाविसमा रहेको शिवशक्ति सामुदायिक वनका सरोकारवाला व्याक्तिहरुको एक समुहले वनभित्र मनपरी रुपमा हरियो स्याउला र दाउराहरु काट्दै गरेका १४ जना व्याक्तिलाई कारवाही गरेको छ ।

वनभित्र हरियो स्याउला तथा दाउराहरु काटेको भन्दै सो टोलीले ती व्याक्तिहरुको नाम्लो, रसी लगायतका सामाग्रीहरु नियन्त्रणमा लिएका छन् । भाडगाउँदेखि रेसुङ्गाको गौशालाको साउने सम्म अध्ययन तथा निरीक्षणको क्रममा उनीहरुलाई फेला पारेको सामुदायिक वनका उपाध्यक्ष थम्मन के.सीले जानकारी दिनुभएको छ । नियन्त्रणमा लिईएका दाउरा भने अहिले रेसुङ्गाको गौशालामा राखिएको छ । उहाँका अनुसार पहिलो पटक कारवाही स्वरुप उनीहरुलाई खाली हात फर्काईएको हो ।
तमघास गाविसका व्याक्तिहरु विभिन्न क्षेत्रवाट वनमा गई हरीयो दाउरा काट्ने गरेको खवर आएपछि समितिले निरीक्षण गरेको र अवदेखि प्रत्येक दिन ५ जना वन निरीक्षकहरुलाई नियमित रुपमा पठाईने उपाध्यक्ष के.सी.ले वताउनुभयो । निरीक्षणको क्रममा आज सामुदायिक वनका उपाध्यक्ष थम्मन केसी, मानवहादुर वस्नेत, कमला वस्नेत मानवहादुर घर्ति, शेरजंग वस्नेत र पदमलाल पाण्डेको नेतृत्वमा ३० जनाको सो टोली भाडगाउँदेखि गौशालाको साउने सम्मको वन निरीक्षण गरेको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग