Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वन उपभोक्ता आन्दोलित

Published on 9:49:00 PM //

घनश्याम गौतम
सामुदायिक वन उपभोक्ता महासंघले सरकारले वन ऐन संशोधन गरेर उपभोक्ताको अधिकार कटौती गरेको भन्दै बुधबार तम्घासमा विरोधसभा गरेको छ ।


संघकी केन्द्रीय अध्यक्ष अप्सरा चापागाईंले विरोधसभालाई सम्बोधन गर्दै देशमा गणतन्त्र आइसक्दा पनि सरकारले पञ्चायती शैलीमा ऐन परिवर्तन गरेर उपभोक्ताका अधिकार कटौती गरेको आरोप लगाइन् । सरकारले यसबारे समयमै सुनुवाइ नगरे देशभरका उपभोक्ता अधिकार संरक्षणका लागि सडकमा उत्रने उद्घोष गरिन् ।

'अहिले हामी तपाईंहरूलाई सतर्कमात्र गराउँदैछौं,' चापागाईंले भनिन्, 'आवश्यक परे देश ठप्पै पार्ने गरी सम्पूर्ण उपभोक्ता आन्दोलनमा होमिनुपर्ने छ ।' सरकारले ऐन संशोधन गरेर उपभोक्ताले भोको पेटले संरक्षण गरेको वन पैदावरको आम्दानी बुझाउनुपर्ने बाध्यात्मक अवस्था सिर्जना गरेको आरोप लगाइन् ।

सभामा केन्द्रीय सदस्य ठाकुर भण्डारीले सरकारले राजीनामा दिइसकेपछि ऐन संशोधन गरेर उपभोक्ताका अधिकार कटौती गरेको बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग