Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा मेलमिलाप दिवस सम्पन्न

Published on 5:45:00 PM //

वीपी कोइरालाको मेलमिलापको नीति वर्तमान अवस्थामा दिनानुदिन अझ सान्दर्भिक बन्दै गएको एक कार्यक्रममा सहभागी वक्ताहरुले बताएका छन् ।


नेपाली कांग्रेस गुल्मीले शुक्रबार सदरमुकाम तम्घासस्थित पार्टी कार्यालयमा गरेको ३५ औं राष्टि�य एकता तथा मेलमिलाप दिवसको अवसरमा आयोजित कार्यक्रममा दीगो शान्ति र लोकतान्त्रिक संविधान निर्माणका लागि पनि वीपीको मेलमिलापको नीतिको कुनै विकल्प नभएको बताइएको छ ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधि एवं राष्ट्रिय दलित आयोगका अध्यक्ष बिजुल विश्वकर्माले वीपीको व्यक्तित्वको कारण नेपाली कांग्रेसले आफ्नो इतिहास कायम गर्दै आएको भन्दै वर्तमान अवस्थामा केही राजनैतिक दलहरुले कांग्रेसलाई पाखा लगाएर धमिलो खोलामा माछा मार्ने काम गर्न खोजिरहेको समेत बताएका थिए । प्रमुख अतिथि विश्वकर्माले कांग्रेसलाई कसैले पाखा लगाउन र एक्ल्याउन नसक्ने भन्दै पार्टीको नीति, अनुशासन र कार्यक्रमहरुलाई गाउँगाउँसम्म पुर्याएर युवा पुस्तालाई थप जुझारु र क्रियाशील बनाउनुपर्नेमा जोड दिएका थिए । साथै उनले नेपाली कांग्रेस केन्द्रीय समितिले जिल्ला र गाउँ तहसम्म पार्टीको सुदृढीकरण र संस्थागत विकासलगायतका विषयमा पठाएको सर्कुलरसमेत पढेर सुनाएका थिए ।

कार्यक्रममा अर्का वक्ता, नेपाली कांग्रसका पूर्वसभापति त्रैलोक्यप्रताप सेनले वीपी आफ्नो त्याग र विचारका कारण महामानव भएको उल्लेख गर्दै उहाँमा जस्तो त्याग, समर्पण र राष्ट्रिय चिन्तनको खाँचो सबैमा जागरुक हुनुपर्ने बताएका थिए । कार्यक्रमा नेपाली कांगेसका क्षेत्रीय सभापति अशोक थापा, दामोदर भुसाल, नेपाल महिला संघकी सभापति विष्णुकुमारी सापकोटा, कोषाध्यक्ष हरिप्रसाद न्यौपानेलगायतका वक्ताहरुले वीपीको व्यक्तित्व र उनले प्रतिपाद गरेको सिद्धान्तलाई सबैले आत्मसात् गर्न सक्नुपर्नेमा जोड दिएका थिए ।

नेपाली कांग्रेसका जिल्ला सभापति चन्द्रबहादुर केसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन पार्टी सचिव विष्णु बलालले गरेका थिए । कार्यक्रममा नेपाली कँग्रेसका महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, जिल्ला कमिटी सदस्यहरु, तथा भातृ संघका प्रमुख तथा प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।

बुटवल टुडे राष्ट्रिय दैनिकबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग