Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

'भवन निर्माणमा अनियमितता भएको छैन'

Published on 3:34:00 AM //

 गुल्मीको नेटा गाविसमा भारतीय राजदूतावासको सहयोगमा निर्माणधीन एक विद्यालय भवनमा अनियमित्ता भएको भन्ने समाचार गलत भएको विद्यालयले जनाएको छ ।

दूतावासको २ करोड २७ लाखभन्दा बढी लागतमा निर्माणधीन नेटा-३ थामडाँडास्थित सरस्वती माध्यमिक विद्यालयको २० कोठे भवनमा जिल्ला प्राविधिक कार्यालय, जिल्ला विकास समिति र एक समाजसेवीको सङ्लग्नतामा अनियमितता भएको भन्ने समाचार रेडियो र पत्रपत्रिकामा समाचार सार्वजनिक भएपछि विद्यालयले ध्यानाकर्षण भएको जनाएको हो ।
विद्यालयका प्राचार्य भीमलाल घिमिरेले मिडियामा आएजस्तो कुनै किसिमको अनियमितता नभएको स्पष्ट पारे । 'विद्यालयको भवन निर्माण कार्य द्रुत गतिमा भइरहेको छ । कुनै किसिमको अनियमितता भएको भए प्रमाण देखाउन म चुनौती दिन्छु' -घिमिरेले भने । 

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग