भैँसी अभाव
Published on
5:39:00 AM //
अर्घाखाँची जिल्लामा भैंसीको अभाव हुन थालेको छ । भैंसी ब्यापारीहरुले मासुका लागि थारो भैंसी र दुहुना भैंसी समेत गाउँगाउँबाट खरिद गरी शहरमा लगेर बिक्री गर्न थालेपछि जिल्लामा भैंसीको अभाव हुन थालेको हो ।

भैंसीपालन व्यवसायका लागि अनुकुल मानिएको अर्घाखाँचीमा लैनो भैंसी नपाइँदा कृषकहरु निक्कै चिन्तित भएका छन् । व्यवसायिक रुपमा ८-१० वटा भैंसी पाल्ने कृषकहरुले आर्थिक प्रलोभनमा परी गोठका भैंसी रित्ताएर १-२ वटा मात्र पाल्न थालेको जनाइएको छ । जिल्लाबाट ट्रकका ट्रक भैंसीहरु बाहिँरिदा पनि स्थानीय प्रशासन र सरोकार वाला निकाय भने मौन रहेका छन् । गाउँबाट भैंसी रित्तिँदै गएपछि जिल्लामा दूध र घिउको अभाव हुन थालेको छ ।