१३ लाख वन पुरस्कार राशिको रेसुङ्गा कप हुने
Published on
5:25:00 PM //
गुल्मी सम्पर्क समिति दक्षिण कोरियाद्धारा कोरियाली नयाँ बर्षको अवसर पारेर प्रथम रेसुङ्गा कप भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

जम्माजम्मी १३ लाख वन नगद पुरस्कार रहेको भलिबल प्रतियोगितामा प्रथम हुने टिमले नगद छ लाख वन, कप र प्रमाण-पत्र प्राप्त गर्नेछ । त्यसैगरी द्वितिय र तृतीय हुने टिमहरुले क्रमश ४ लाख र २ लाख नगद तथा प्रमाणपत्र प्राप्त गर्नेछन । प्रतियोगितामा उत्कृष्ट खेलाडी र अनिशासित टिमलाई नगद ५०-५० हजार र प्रमाणपत्र प्रदान गरिने जानकारी प्राप्त भएको छ ।
उक्त भलिबल प्रतियोगितामा सहभागी भई प्रतियोगिता सफल पारी दिन समितिले कोरियामा रहेका सम्पूर्ण संघ-संस्था, क्लब, समुह तथा खेलाडीहरुलाई आनुरोध गरेको छ ।